लन्डनमा गेसोको शाखा समिति गठन

लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले लन्डनस्थित शाखा समिति गठन गरेको छ । २८ सेप्टेम्बरमा लन्डनको पश्चिम क्षेत्रलाई समेटने गरी लन्डनको साउथ हेरोस्थित शाखा समिति गठन गरेको हो ।

गेसोका केन्द्रीय सभापति कृष्णकुमार राईको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा शाखा समिति गठन भएको थियो । उक्त गठन कार्यक्रममा सभापति राईसंगै गेसोका उपाध्यक्ष छेत्राकला राई, सचिवलाय सदस्य नरहाङ राई र गोर्खा अभियान्ता नरेश काङमाङको समेत उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा चन्द्र लिम्बुको सभापतित्वमा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ । उपाध्यक्षमा उषा राई र खुशी गुरुङ रहेकी छन भने सचिवमा मिरा सुब्बा, सहसचिव राधा राई, कोषाध्यक्ष युना राई र सहकोषाध्यक्ष रिना पाम्फु रहेकी छिन । त्यसैगरी सदस्यहरुमा विष्णु देवान, निलु देवान, प्रिती राई, रिता थापा, सुष्मा राई, चतुरमान राई, विष्णु राई, शन्तराज पाम्फु, हर्कुमान राई र जगधन राई रहेको छ ।

 

निर्वाचित हुनेहरुलाई गेसो सभापति कृष्णकुमार राईले फुलमाला र खदा ओढाएर बधाई ज्ञापन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार