महत्वपुर्ण निर्णय गर्दै फोनिज युकेको बैठक सम्पन्न

लन्डन । महत्वपूर्ण एजेन्डाहरुमाथि छलफल गर्दै आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको बैठक सम्पन्न भएको छ । शुक्रवार भर्चुअल माध्यमबाट विभिन्न एजेन्डाहरुमाथि छलफल गरी निर्णय पारित गर्दैे बैठक सम्पन्न भएको हो ।

 

बैठकले बेलायतमा सक्रिय रहेका एक जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । आदिवासी जनजाति समुदायका एक सक्रिय पत्रकारलाई प्रोत्साहित गर्न पुरस्कार वितरण गरिने फोनिज युकेकी अध्यक्ष गोमा राना मगरले बताइन ।

 

त्यसैगरी फोनिजको साधारणसभा ५ नोभेम्बरमा अन्डरसर्टस्थित एम्पाएर हलमा गर्ने निर्णय गरेको छ । उक्त साधारणसभामा आदिवासी जनजाति महासंघ आवद्ध सबै जातीय संघ संस्थाहरुलाई निमन्त्रणा दिने पनि बैठकले निर्णय गरेको छ ।

 

अघिल्लो बर्षहरुमा झै फोनिज यूकेले प्रकाशन गर्दै आएको मुखपत्रलाई पनि प्रकाशन गर्ने निर्णय गरेको छ । मुखपत्र प्रकाशनका लागि सम्पादक मण्डल गठन गरी सम्पुर्ण जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

 

आदिवासी जनजाति पत्रकारहरुको संख्या र गुणात्मक विकासका लागि पत्रकारिता कक्षा तथा गोष्ठीहरु सञ्चालन गर्ने निर्णय भएको फोनिज युकेकी सचिज लीला सेलिङ माबोले बताइन् । अध्यक्ष गोमा राना मगरको अध्यक्षतामा सम्पन्न भएको बैठकको सञ्चालन सचिव लीला सेलिङले गरेकी थिइन । बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्य, सल्लाहकार र साधारण सदस्यहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार