बार्ता सफल पार्न गेसोको आब्हान

लन्डन । गोर्खाहरुको समस्या समाधानका लागि बेलायत र नेपाली सरकारवीच हुने लागेको सरकारस्तरीय बार्ता सफल पार्न दवावका लागि गरिने प्रर्दशनमा सहभागि हुन सम्पुर्ण गोर्खाहरुलाई गोर्खा भूतपूर्व सैनिक संघ गेसोले अपील गरेको छ ।

 

गेसो सभापति कृष्णकुमार राईले सोमबार एक वक्तव्य जारी गर्दै सरकारस्तरीय बार्ता सफल पार्न दवाव दिनका लागि प्रर्दशनमा सहभागि हुन सम्पुर्णसंग आब्हान गरेको हो ।

 

३ नोभेम्वर ३ तारिख बिहीबार हुने वार्ता सफल पार्न दबाब दिने उद्देश्यले सबै गोर्खा सम्मिलित जी–१० समूहले गर्ने शान्तिपूर्ण प्रदर्शनमा उत्रिन गेसोले आव्हान पनि गरेको छ । उक्त दिन बिहान १० बजे लन्डन ट्राफल्गर स्क्वायरमा भेला भएर दवाव सिर्जना गर्नका लागि प्रर्दशनमा सहभागी हुन भूपू गोर्खा एवम् शुभेच्छुकहरुलाई अपील गरेका छन् ।

 

सभापति राईले गोर्खाहरुमाथि भएको ऐतिहासिक विभेद अन्त्य गर्न सरकार स्तरमा हुन लागेको वार्ता महत्वपूर्ण अवसर भएको भन्दै गोर्खाहरुको एकतालाई समेत जोड दिएका छन ।

 

गोर्खा आन्दोलनमा रहेका गोर्खाजन्य संस्था र अनसनकारत व्यक्तिको सहभागितामा निर्देशक समिति बनेको स्मरण गराउँदै सभापति राईले निर्देशक समितिको सामुहिक नेतृत्वबाट अघि बढने पनि बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार