प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा संजय थापा चयन

काठमाडौं । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले संजय थापाको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ । आइतबार ६ नोभेम्बर २०२२ अर्थात १९ कार्तिक २०७९ मा पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठ, काठमाडौंमा सम्पन्न मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले थापाको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनमा प्रवासबाट करीव ३ सय ५० जनाले सहभागिता जनाएका थिए । सर्वसम्मत रुपमा चयन भएका कमिटिमा एक जना पछि थप गरि कार्यसमितिलाई पुर्णता दिइनेछ । कार्यसमितिमा ५ जना अमेरिकाबाट, ६ जना युरोप (युके)सहित, मध्यपुर्वबाट ७ जना, अष्ट्रेलिया ३ जना, पुर्व एसिया ४ जनालगायत भएको ओएनएफ युके अध्यक्ष तुंग भद्र भुसालले जानकारी दिए ।

 

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय कार्यसमितिको अध्यक्षमा संजय थापा चयन भएको छ । समितिको उपाध्यक्ष रमेश पाण्डे, सचिव हेम शेर्पा र उपसचिवमा कर्ण शाही र चानक पोखरेल चयन भएको छ ।

 

सदस्यहरूमा शिव वरुवाल्, राजेन्द्र पुडासैनी, गोविन्द पौडेल, सुरेन्द्र थपलिया, सरस्वती केसी, कल्पना त्रिपाठी, विमला भण्डारी, हेमराज जोसी, तिर्थ गौतम, ज्योती शर्मा, महेश गिरी, कमल मणी, वलराम गिरी, डा.विनोद श्रेष्ठ, शिशिर नेपाल, विजय फुयाल, सिता केसी, सुरेश केसी, डा.सरोज कणेल, सन्जु केसी, डुण्डीराज पाण्डे, कुन्ति थापा, जानकी कार्की, पुरुत्तोम वोहरा र राजेन्द्र सिवाकोटी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार