किरात राई यायोक्खा बेलायतको बिस्तारित बैठक सम्पन्न

लन्डन । महत्वपुर्ण निर्णय गर्दै किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतको बिस्तारित बैठक सम्पन्न भएको छ । शनिवार अल्डरसर्टस्थित किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति बेलायतको बिस्तारित बैठक सम्पन्न भएको हो ।

 

किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा सम्पन्न भएको बैठकले महत्वपुर्ण एजेण्डाहरुमा छलफल गरी निर्णयहरु गरेको छ । बैठकमा विगतको गतिविधिहरुको समिक्षा हुनुको साथै भावी कार्यक्रमहरुको बिषयमा समेत गहन छलफल भएको थियो ।

 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, सल्लाहकार, संरक्षक, भाषिक संस्थाका प्रतिनिधि र प्रारम्भिक कार्यसमितिका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । बैठकमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालको पुर्व अध्यक्ष डाक्टर सुमाया राई हङकङका पुर्व अध्यक्ष नरहाङ राईको समेत उपस्थिती रहेको थियो ।

 

बैठकले केन्द्रीय कार्यसमितिमा रिक्त रहेको दुईजनालाई सदस्यमा मनोनित गरेको छ । बैठकले कपिल राई र पायल राईलाई सदस्यमा मनोनित गरेको छ ।

 

बैठकले विगत ३ बर्षदेखि किरात राई यायोक्खा बेलायतमा देखिएको बिवादलाई समाधानका लागि बार्ता र आवश्यक पहल गर्ने समेत निर्णय गरेको छ । किरात राई यायोक्खा बेलायतमा देखिएको संस्थागत मनभिन्नतालाई समाधान गर्नका लागि आवश्यक बार्ता र छलफल गर्ने र त्यसका लागि आवश्यक सहजीकरण र प्रयास समेत निर्णय गरेको छ । बैठकले आउँदो फेब्रअरीमा बार्षिक साधारणसभा सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा संस्थागत हित र एजेन्डाहरुमा उपस्थित भएका अधिकांशले आफ्नो धारणा राखेका थिए । बैठक संस्थागत हित उद्देश्यका लागि महत्वपुर्ण रहेको अध्यक्ष मेजर योगेश कोयी राईले बताए । संस्थालाई थप गति दिनका लागि बैठकले मार्गदर्शन दिएको अध्यक्ष राईले बताए ।
बैठकमा कोषाध्यक्ष प्रसाद राईले आर्थिक विवरण प्रस्तुत गरेका थिए । संस्थाको आर्थिक पारदर्शिताका लागि बैठकले आन्तरिक लेखापरिक्षण गर्ने निर्णय समेत गरेको छ । बैठकको सञ्चालन उपमहासचिव ईश्वर चाम्लिङले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार