प्रतिगामी सम्मिलित सरकारमा जसपाको सहभागीता सम्भावना कम : आङकाजी शेर्पा

लण्डन–प्रतिगामी शक्तिको सहभागीताको कारण पार्टी सरकारमा जाने सम्भावना कम रहेको जनता समाजबादी पार्टीको प्रवास इन्चार्ज आङकाजी शेर्पाले बताएका छन । बर्तमान सरकारमा प्रतिगामी शक्तिहरुको सहभागिताले पार्टी सरकारमा जाने सम्भावना क्षीण बन्दै गएको शेर्पाले बताएका हुन ।

जनता समाजवादी पार्टीको प्रवास संगठन नेपाली समाज युकेको भर्चुअल बैठकलाई आज शनिवार सम्बोधन गर्दै इन्चार्ज शेर्पाले बर्तमान सरकारमा सहभागीता नहुने पनि धारणा व्यक्त गरेका छन । नेपाली समाज बेलायतका अध्यक्ष कमल प्रसाद राईको अध्यक्षतामा बसेको उक्त बैठकमा प्रमुअ अतिथिको रुपमा नेता तथा प्रवास ईन्चाज आङकाजी शेर्पाले सम्बोधन गर्दै बर्तमान सरकारमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता प्रतिगामी शक्तिहरु समाबेश भएकोले जसपा बर्तमान सरकारमा सहभागी हुने सम्भावना कम रहेको बताएका छन ।

 

मन्त्रिपरिषद्मा सहभागी नेताहरूको संघियता, गणतन्त्र बिरोधी अभिव्यक्तिप्रति आपति समेत जनाएका छन । त्यस्तै पार्टीमा १०+१ को संरचनामा जान दबाब उठिरहेको जानकारी दिदै पार्टीको सांगठानिक संरचनालाई कार्यकारी र प्रदेश संरचना स्वायत हुनु पर्ने बताए । संघियता, गणतन्त्र, धर्मनिरपेक्षता र समाबेशीलाई रक्षा गर्दै पहिचानको आन्दोलनलाई थप सशक्त बनाउनु पर्नेमा जोड दिए ।

 

बैठकमा प्रवास समिति अध्यक्ष बिश्वासदिप तिगेला, राजनीतिक समिति सदस्य दशरथ राई, नेसो युके ईन्चार्ज धर्म तामाङ लगायतले विचार व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार