नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतले १ सय १३ औं अन्तराष्ट्रिय नारी दिवस मनाए

लन्डन । नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतले १ सय १३ औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । शनिवार लन्डनको साउथ हेरोस्थित एक कार्यक्रमको आयोजना गरी महासंघले अन्तराष्ट्रिय नारी दिवस मनाएको हो ।

 

नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको अध्यक्ष शान्तकला राईको अध्यक्षतामा दिवस सम्पन्न भएको थियो । दिवसमा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पा प्रमुख आतिथि र गैर–आवासीय नेपाली संघ (एनआरएन) बेलायतका अध्यक्ष अध्यक्ष प्रेम गाहामगर विशेष आतिथि रहेको थियो । दिवसमा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका पूर्व अध्यक्ष जंग सुनुवार, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बेलायतका अध्यक्ष गोमा रानामगर, किरात राई यायोक्खा बेलायतका अध्यक्ष योगेश कोयी राई, मगर संघ युकेका अध्यक्ष सीता पुन, कार्यसमितिका प्रमुख सल्लाहकार विमलाकुमारी राई अतिथिको रुपमा रहेको थियो ।

दिवस कार्यक्रममा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष गंगामाया दुराले गरेकी थिइन । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा गायिका तायाहाङमा राईलाई दोसल्ला र पुष्प गुच्छाले स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतका अध्यक्ष शान्तकला राईले उपस्थित सम्पुर्णहरुलाई धन्यवाद व्यक्त गर्नुका साथै आफ्नो कार्यकालमा सम्पन्न भएको गतिविधिहरुको बारेमा जानकारी समेत दिएकी थिइन ।

 

अन्तराष्ट्रिय दिवस सम्पन्न कार्यक्रमपछि नेपाल आदिवासी जनजाति महिला महासंघको चौथो अधिवेशन पनि सम्पन्न भएको छ । अधिवेशनबाट नेत्रकला (युमा) लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । जसअनुसार उपाध्यक्षहरुमा गंगामाया दुरा र सरला रानामगर चयन भएकी छिन । महासचिवमा विमला सिगु लिम्बु, सचिव मनिकला राई, सहसचिव जीतकुमारी याक्खा, कोषाध्यक्षमा खुसीकला गुरुङ र सहकोषाध्यक्षमा कविता लिम्बु खिम चयन भएकी छिन ।

 

सदस्यहरुमा मनिका राई, सर्मिला तामाङ, कल्पना गुरुङ शेर्पा, इन्दिरा दुरा र चन्द्रकुमारी दुरा चयन भएकी छिन । निर्वाचित हुनेहरुलाई प्रमुख अतिथि कर्मा पहाडी शेर्पाले पद तथा गोपनियताको सपथ खुवाउनुको साथै बधाई ज्ञापन व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार