सङ्गीत स्वास्थ्यका लागि फाइदाजनक, स्मरण शक्ति बढ्ने

सङ्गीत सुन्नु स्वास्थ्यका लागि निकै फाइदाजनक छ । सङ्गीतमा हाम्रो समस्या हटाउने क्षमता हुन्छ । कठिन समयसँग जुध्न पनि सङ्गीतले मद्दत गरिरहेको हुन्छ । यसले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यलाई उत्कृष्ट बनाउन मद्दत गर्छ । यसले थुप्रै समस्याबाट छुटकारा दिलाउँछ र स्वास्थ्यलाई विभिन्न फाइदा पुर्‍याउँछ ।

 

उत्साहवर्धक सङ्गीत वा गीत सुन्दा दिमागमा सेरोटोनिन नामको हर्मोनको स्तर बढ्छ जसका कारण हाम्रो मुड राम्रो हुन्छ । मुटु र मस्तिष्कका लागि सङ्गीत लाभकारी मानिन्छ । २१ जूनमा वर्ल्ड म्युजिक डे मनाइन्छ । यो विशेष दिनमा मानिसलाई सङ्गीतको फाइदाबारे जानकारी दिऔँ ।

 

सङ्गीत सुन्दा तनावबाट राहत मिल्न सक्छ । हेल्थ लाइनको रिपोर्ट अनुसार सङ्गीतले तनाव, एङ्जाइटी र डिप्रेसनजस्ता समस्याबाट तपाईंलाई छुटकारा दिलाउन सक्छ । सङ्गीत सुन्दा तपाईंले तनावपूर्ण अवस्थामा पनि शान्त महसुस गर्ने कुराको प्रमाण भेटिएको छ । एक अनुसन्धानमा पत्ता लागे अनुसार सङ्गीत सुन्दा शरीरमा कार्टिसोल हर्मोनको स्तर कम हुन्छ । यसलाई स्ट्रेस हर्मोन पनि भनिन्छ ।

 

स्मरण शक्ति तेज हुनसक्ने

सङ्गीत सुन्दा स्मरण शक्तिमा सुधार हुनसक्छ । सङ्गीतले तपाईंको स्मरण शक्तिमा सकारात्मक असर पार्छ । जोन हपकिन्सका डाक्टरले आफ्नो दिमागलाई स्टिम्युलेट गर्नका लागि सङ्गीत सुन्नुपर्ने सल्लाह दिएका छन् । यसले मानिसलाई उनीहरुको भावनालाई नियन्त्रण गर्न मद्दत गर्छ ।

 

सङ्गीतमा मुड राम्रो गर्ने क्षमता हुन्छ । सङ्गीत सुन्दा स्मरण शक्ति तेज हुनसक्छ र दिमागलाई विभिन्न फाइदा हुनसक्छ । सङ्गीत सुन्दा मानसिक स्वास्थ्य बलियो हुन्छ ।

मानसिक रोगबाट राहत मिल्छ

सङ्गीतले मानसिक रोगको उपचारमा पनि मद्दत गर्छ । अनुसन्धानकर्ताका अनुसार सङ्गीत सुन्दा थुप्रै न्युरोकेमिकल्स रिलिज हुन्छ, जुन मस्तिष्कको कार्य र मानसिक स्वास्थ्यमा लाभदायक हुन्छ ।

 

सङ्गीतले मानसिक रोगको उपचारका लागि चिकित्सकीय रूपमा कसरी प्रयोग गर्न सकिन्छ भने बुझ्नका लागि थप आवश्यक भएको अनुसन्धानकर्ता बताउँछन् । केही अध्ययनमा पत्ता लागेअनुसार सिजोफ्रेनियाद्वारा ग्रसित बिरामीका लागि म्युजिक थेरापीले धेरै सहयोग गर्छ ।

मुटुको स्वास्थ्यमा सुधार हुन्छ

यसले तपाईंको मुटुको स्वास्थ्यलाई उत्कृष्ट बनाउन मद्दत गर्न सक्छ । वैज्ञानिकका अनुसार सङ्गीतको तीव्रता र गतिको आधारमा तपाईंको सासको दर, हृदय गति र रक्त सञ्चारमा परिवर्तन हुनसक्छ । सन् २०१६ को ९० भन्दा बढी अध्ययनको मेटा–विश्लेषणमा सङ्गीतले मानिसलाई तेज र पुरानो पीडा दुवै व्यवस्थापन गर्न मद्दत गर्छ । सङ्गीत सुन्दा थकान पनि हट्छ ।

 

व्यायामको क्षमतामा वृद्धि

व्यायाम गर्ने बेला सङ्गीत सुन्दा शारीरिक प्रदर्शन उत्कृष्ट हुन्छ । सन् २०२० को एक शोध समीक्षाले सङ्गीत सुनेर व्यायाम गर्दा तपाईंको मुड उत्कृष्ट हुने पुष्टि भएको छ । सङ्गीतसँगै व्यायाम गर्दा तपाईं कम अक्सिजनको उपयोग गरेर उत्कृष्ट प्रदर्शन गर्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार