गहुँको जुसले कम गर्छ युरिक एसिड, यसरी बनाउनुहोस्

शरिरमा युरिक एसिडको मात्रा बढेपछि जोर्नी, घुँडा र हातको औंलामा अत्याधिक दुखाई हुने गरेको छ । युरिक एसिड यस्तो फोहोर पदार्थ हो जुन शरीरबाट निस्कनुको सट्टा जम्मा हुन थाल्दा समस्या हुन्छ ।

 

मृगौलाले रगतबाट युरिक एसिड सफा गर्ने काम गर्छ, जुन पिसाबबाट बाहिर निस्कन्छ। युरिक एसिडको मात्रा बढेपछि गाउट र आर्थराइटिस जस्ता रोगको जोखिम बढ्छ ।

 

आज हामी युरिक एसिड घटाउने घरेलु जुसको बारेमा बताउने छौं। युरिक एसिडका लागि उपयोगी गहुँको जुसको बारेमा बताउन गइरहेका छौं। जसले युरिक एसिडलाई नियन्त्रण गर्न सक्छ ।

 

उच्च यूरिक एसिड जीवनशैली र खानपान सुधार गरेर सुधार गर्न सकिन्छ। युरिक एसिड बढेमा गहुँको जुस फाइदाजनक हुन्छ। यसमा भिटामिन बी, ई, के, क्याल्सियम, म्याग्नेसियम, आयोडिनसहित एन्टिअक्सिडेन्ट, जिंक, एन्टि ब्याक्टेरियल र एन्टी–क्यार्सिनोजेनिक गुण हुन्छ । गहुँको जुसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

 

गहुँको रस कसरी बनाइन्छ?:
यो जुस बनाउनको लागि एक गिलास पानीमा दुई चम्चा व्हीटग्रास पाउडर मिसाएर मिक्सरमा हालेर राम्ररी मिलाउनुहोस्। तपाईंले सजिलै गहुँको रस तयार तयार गर्न सक्नु हुन्छ।

 

यसका साथै १ गिलास पानीमा ताजा गहुँको घाँस मिसाएर पनि जुस बनाउन सकिन्छ । ध्यान दिनुहोस् कि यदि तपाईलाई यो जुस पिउँदा एलर्जी छ भने यसको सेवन नगर्नुहोस्। गहुँ घाँसको जुस दैनिक सेवन गर्दा मात्र फाइदा हुन्छ ।

 

आठदेखि दश वटा गहुँको जमरा जरामै काटेर राम्ररी धुने । अब यसलाई कुटेर रस निकाल्ने । अब एक सफा कपडामा त्यसलाई राख्ने र निचोर्नुपर्छ । यसको रस कुनै गिलासमा राख्नुपर्छ । यो जुसमा थोरै तुलसीको रस पनि राख्न सकिन्छ । साथै मह र अदुवा पनि मिश्रण गर्न सकिन्छ । अब यो जुसमा थोरै पानी मिसाउनुहोस् । तयार भयो गहुँको जमारको जुस ।

 

यो जुस बिहान खाली पेटमा पिउनु बढी फाइदाजनक हुन्छ । यो जुस प्रतिदिन तीसदेखि पचास एमएलसम्म पिउन सक्नुहुन्छ। सुरुमा गहुँको जमराको रस थोरै पिउने र क्रमस मात्रा बढाउँदै लाने । एक हप्तामा कम्तिमा पाँच दिन यसको सेवन गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार