एक पुरुषबाट एकैचोटी पाँच महिला गर्भवती

एक जना अमेरिकन संगीतकारले एकैचोटी पाँच महिलालाई गर्भवती बनाएपछि विवादमा परेका छन् ।  जेडी विल नाम गरेका संगीतकारले आफ्ना पाँच प्रेमिकाहरुलाई गर्भवती बनाएको समाचार र फोटो यतिबेला भाइरल भैरहेको छ । प्रेमिकामध्येकी एक लिजी एस्लीले आफूसहित पाँच जनालाई जेडीले गर्भवती बनाएको खुलासा गरेकी हुन् ।

 

उनले सामाजिक सञ्जालमा फोटो शेयर गर्दै लेखेकी छन्, ‘जब तपाईको बच्चाको बुबाले एउटै समयमा मसहित चार जनालाई गर्भवती बनाउनुहुन्छ ।’

 

त्यस्तै अर्को भिडियो शेयर गर्दै लिजीले क्याप्सनमा लेखेकी छन्, ‘हामीले एक अर्कालाई स्वीकार गरेका छौं । यो बच्चाहरुको लागि राम्रो हुनेछ । परिवारले पनि हाम्रो निर्णयलाई समर्थन गरेको छ ।’

 

यसलाई लिएर  सामाजिक सञ्जालमा निकै आलोचना भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार