लन्डन । शनिवार सम्पन्न भएको भोजपुर सेवा समाजको अध्यक्षमा विकास राई निर्वाचित भएको छ । लन्डनको साउथ हेरोस्थित हेरो बरो क्लवको हलमा सम्पन्न भोजपुर सेवा समाज बेलायतको छैटौं अधिवेशनबाट अध्यक्षमा राई निर्वाचित भएको हो ।
आगमी तीनबर्षे कार्यकालको लागि सम्पन्न भएको अधिवेशनबाट समितिको बरिष्ठ उपाध्यक्ष नीता कोयू राई, उपाध्यक्षहरुमा रोम मुकारुङ राई, देवान राई र पञ्च तामाङ निर्वाचित भएको छ । समितिको महासचिवमा रमेश कार्की निर्वाचित भएको छ भने सचिवमा सर्मिला राई र किरण राई निर्वाचित भएको छ ।
कोषाध्यक्षमा दिलिप राई र सहकोषाध्क्षमा सिके मिलन राई र नीलूम राई निर्वाचित भएका छन । सदस्यहरुहरुमा मानबहादुर राई, सुरेश राई, राजेश तामाङ र जया राई निर्वाचित भएका छन ।
सर्वसम्मत रुपमा सबै जना निर्वाचित भएका थिए । निर्वाचित हुनेहरुलाई अध्यक्ष मण्डल तथा निर्वाचन समितिका संयोजक भानुभक्त राईले सपथग्रहण गराएका थिए ।
छैटौ अधिवेशनसंगै सम्पन्न भएको बार्षिक भेटघाट कार्यक्रममा पहिलो चरणमा उद्घाटन सत्र सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा भोजपुर सेवा समाजका संस्थापक क्याप्टेन सुमनचन्द्र राई रहेको थियो । प्रमुख अतिथिले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष विमलाकुमारी राई राखेकी थिइन । भोजपुर सेवा समाजका अध्यक्ष सुदेशकुमार राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष राईको तीन बर्षे कार्यकाल पुरा भएपछि नयाँ नेतृत्व चयनका लागि अधिवेशन भएको हो । कार्यक्रममा म्याराथुन धावक सन्तोष राईलाई सम्मान समेत गरिएको थियो । छोटो रुपमा सम्पन्न भएको उद्घाटन कार्यक्रमपछि वन्द सत्र र निर्वाचन कार्यक्रम सम्पन्न भएको थियो । त्यसपछाडी मनोरञ्जन कार्यक्रम सम्पन्न भएको थियो । गायक सोनाहाङ राई र गायिका तायाहाङमा राईले गीत गाएर मनोरञ्जन दिएका थिए ।