सिमी खेतीबाट आम्दनी गर्दे सागुरीगढि गाउँपालिकावासी

  सिलिचुङ सम्वाददाता

धनकुटा । धनकुटा सागुरीगढि गाउँपालिका स्थानीय किसानहरु ब्यवसायिक सिमी खेति गरेर लाखौ आम्दामी गर्न थालेका छन । बिगत १२ बर्ष देखि व्यवसायिक सिमि खेति गर्दै आउनु भएका सागुरिगढि–८ पिप्लेका किसान पत्थरसिंह राईले यो वर्ष सिमिको तरकारी बेचेर १ लाख ५० हजार भन्दा बढि आम्दामी गरेका हुन ।
सोहि वडाका अर्का किसान इन्द्रबहादुर राईले यो बर्ष सिमिको तरकारी बेचेर १ लाख आम्दामी गर्नु भएको छ। सागुरीगढि–८ का किसान रामप्रसाद राईले पनि सिमिको तरकारि बेचेर ६० हजार भन्दा बढि आम्दामी गर्नु भएकोछ ।
परम्परागत रुपमा व्यवसायिक सिमि खेति गर्दै आएका किसानहरुले गाउमै सिमि प्रति केजि ४० देखि ५० रुपैया सम्म बिक्रि गर्ने गरेका छन। अहिले सिमिको सिजन भएकोले घर मै सिमि किन्न व्यापारी हरु आउने गरेको किसान पत्थरसिह राईले बताए।
यहा उत्पादित सिमी भेडेतार, धरान इटहरी र विरातनगर सम्म व्यापारीहरुले पठाउने गरेका छन । बिगतको तुलनामा २० रुपैया बढि मुल्य पाएकोले किसानहरु खुसि भएका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार