‘आन खिम टेन’ बन्यो उत्कृष्ट बान्तावा कविता


काठमाडौँ । १५ औं बान्तावा कविता प्रतियोगितामा भोजपुर आमचोक गाउँपालिकाका इमानसिंह राईको ‘आन खिम टेन’ कविता उत्कृष्ट घोषित भएको छ ।
कवितामा आधुनिकताले गर्दा हराउदै गएको बान्तावा राई समुदायको संस्कृति, परम्परासँग जोडिएको गाउँघरको मौलिकताबारे उठान गरिएको उक्त ‘आन खिम टेन’ अर्थात ‘हाम्रो गाउँघर’ कविता पहिलो भएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा भोजपुरकै रामप्रसाद राई गाउँपालिकाकी प्रजितकला राई दोस्रो र त्रिलोक त्रिवेणी राई तेस्रो भएका छन् ।
प्रजितकलाको ‘बुङ्वा लाम’ अर्थात् ‘फुलको बाटो’ शीर्षकको कवितामा बान्तावा राई समुदायका महिलाको समवेदना समेटिएको छ भने त्रिलोकको ‘अंका छुन्ङ्गा’ अर्थात् ‘म मान्दिँन’ शिर्षकको कवितामा समाजमा कमजोरमाथि गरिने विभेदलाई चिर्दै विकास निर्माणमा हुने अनियमितता र अत्याचार बारे बोल्नुपर्छ भन्ने भाव व्यक्त गरिएका छन् ।
राई बान्तावा भाषाको मासिक पत्रिका ‘बुङवाखा’ को १५ औँ वार्षिकोत्वसको अवसरमा आयोजित प्रतियोगितामा ३५ जना कविले सहभागिता जनाएका थिए ।
त्यसमध्ये उत्कृष्ट १५ कवितालाई प्रतिस्पर्धा गराईएको कार्यक्रम संयोजक एवम् ‘बुङ्वाखा’का सम्पादक पदम राईले जानकारी दिए । पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार राशीको ‘बुङ्वाखा—श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार