‘नगरविकासका लागि योजना बनाएर काम गर्ने छु’

आसन्न हुने स्थानीय तह निर्वाचनमा जिल्लाको उत्तरी षडानन्द नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार विरबल राई नेपाली कांग्रेसका पुराना नेता हुन । नेपाली कांग्रेस र नेकपा एमालेवीच तीब्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ । नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार बनेका विरवल राईसंग उनको उम्मेदवारीको बिषयमा मोहन दुरालले गरेको कुराकानी अंश

हाल तपाई षडानन्द नगरपालिकाको मेयर उम्मेदवारमा उठ्नुभएको छ । तपाईको उम्मेदवारी के का लागि ?
शान्ति, समृद्धि र विकासका लागि यहाँका जनता र मेरो पार्टीका लागि मैले म्मेदवारी दिएको हुँ । नेपाली कांग्रेसले बोकेको सिद्धान्त र विपी कोइरालाले हिडाएको बाटोमा अग्रसर भएर समाज विकासमा मेरो अहम भुृमिका हुनेछ । मेरो उम्मेदवारीले षडानन्द नपालाई चौतर्फी विकास गर्ने छु । शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारहरुलाई दु्रत गतिमा विकास गर्ने छु । नेपाली कांग्रेस सबै भन्दा ठुलो पार्टी त्यसमा पनि सरकारको नेतृत्व गरेको छ । त्यहाँबाट पनि हामीलाई विकास गर्न सहज हुने छ । मेरो उम्मेदवारी षडानन्द नगरपालिकाको विकास लागि हो ।
लामो ईतिहास बोकेको बालागुरु षडानन्दले स्थापना गरेको पाठशाला अहिले पनि व्यवस्थित भएको छैन । त्यसको विकास गर्न कस्तो लक्ष्य छ ?

१९३२ सालमा बालगुरु षडानन्दले स्थापना गरेको संस्कृत पाठशाला लामो इतिहास बोकेको छ । नेपालमा शिक्षाको ज्योति फैलाउन अहम भुमिका निर्वाह गर्ने षडानन्दले स्थापना गरेको स्कुल अहिलेसम्म पनि राम्रो ढंगले विकास भएको छैन । म मेयर भएर विद्यालयको भौतिक पूर्वाधार विकाससंगै गुणस्तरीय शिक्षालाई विशेष ध्यान दिनेछु । अभिभाववक र विद्यार्थीको कम आकर्षण बनेको षडानन्द उच्च माध्यमिकलाई आकर्षणको केन्द्र बनाउने छु । यसको इतिहास लामो छ । गुणस्तरीय शिक्षा बनाउनका लागि साधन स्रोतको विकास गर्र्नेछु । मुलुककै नमुना विद्यालय बनाउने लक्ष्य छ ।

भोजपुर—संखुवासभा जोड्ने अरुणनदीस्थित पक्की लम्सुवाघाटको पुल अझै अलपत्र छ । यसलाई तपाईले कसरी अगाडी लाने योजना छ ?
भोजपर–संखुवासभा जोडने अरुणनदीस्थित लम्सुवाघाट पक्की पुल अलपत्र अवस्थालाई सम्बन्धित निकायसंग बुझेर त्यसको कामलाई छिटो गति दिनेछु । यसमा कसको कमजोरी हो ती कुराहरुलाई समेत पत्ता लगाएर ठेकेदार हो र सरकारी पक्षको त्यसलाई कारवाहीको दायरामा ल्याउने पहल गर्ने छु । यो पुल विकासको मुल ढोका भएको हुदाँ यसलाई पुरा गर्नका लागि प्रतिवद्धताका साथ काम गर्ने छौं । अर्थमन्त्रीको समेत यसलाई पुरा गर्ने लक्ष्य भएको हुदाँ चाडै पुरा हुनेछ । अर्थमन्त्रीबाट पहिलो बजेट पहिलो लगानी गर्ने आश्वासन आएको छ । जिल्लाको उत्तरी क्षेत्रको विकासको ढोका पनि यसै पुल भएकोले यसलाई चाडो बनाउने छौं ।

षडानन्द नगरपालिका क्षेत्रमा हालसम्म १२ महिनै सडक चल्ने अवस्था छैन । त्यसका लागि के गर्नुहुन्छ ?

नगरक्षेत्रमा धेरै सडक छन । बाह्रै महिना सडक सुचारुको लागि म एउटा योजना बनाउने छु । योजना बनाएर सडकहरुको प्राथमिकीकरण गरेर मुख्य सडक हुदै बाँकीलाई पनि विकास गर्ने छु । नगरपालिकाको स्रोत साधनले नभ्याएमा केन्द्रीय आयोजनाहरु पार्नको लागि पहल गर्ने छु । केन्द्रीय आयोजनाहरु पार्नका लागि पनि सहज छ । किनभने हाम्रै जिल्लाका नेपाली का्रग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री हुनुहुन्छ । उहाँबाट पनि यस्ता काममा पहल हुनेछ । देउराली भिरथाप्ला, लम्सुवाघाट, नेपालेडाडाँ सडकलाई पहिलो प्राथमिकता राखिने छ । समग्रमा भन्नुपर्दा सबैवडामा पुग्ने साविकको पुरानो गाविसलाई विशेष जोडने लक्ष्य छ । लक्ष्य अनुसार नगर क्षेत्रको यातायातलाई विस्तार गर्ने छौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार