भोजपुर । महिलाहरुको हालसम्मका आन्दोलनबाट प्राप्त अधिकार संस्थागत र बाँकी अधिकार प्राप्तिका लागि आफ्नो उम्मेदवारी रहेको नेकपा एमालेका समानुपातिक उम्मेदवार सृजना राईले बताएकी छिन । मिडिया सेन्टर भोजपुरले आयोजना गरेको साक्षत्कार कार्यक्रममा आफ्नो धारणा राख्दै राईले यस्तो बताएकी हुन् ।
नेकपा एमालेबाट प्रदेश तर्फका समानुपातिक उम्मेदवार राईले पत्रकारहरुसंगको साक्षत्कार कार्यक्रममा बोल्दै महिलाहरु पुर्णरुपमा अधिकार सम्पन्न भै नसकेको धारणा राखेकी छिन । आफु समानुपातिक कोटाबाट निर्वाचित भएमा जोडदार महिलाको मुद्दा उठाएर कार्यन्वयनमा लाग्ने बताएकी हुन् ।
भोजपुर जिल्ला कम्युनिष्ठहरुको लाल किल्ला रहेकाले अरुले निर्वाचन जित्ने तर्फ कुनै अपेक्षा नराख्दा राम्रो हुने समेत राईको दावी गरिन । भोजपुर जिल्लाको विकासमा कम्युनिष्ठहरुले गरेको पहल बाहेक अरु कसैको देन नरहेको समेत राईले साक्षत्कार कार्यक्रममा बताएकी हुन् । विगत लामो समय व्यवस्था परिवर्तनका लागि कम्युनिष्ठहरुको योगदान रहेकाले आगामी दिन पुर्वाधार विकासमा लाग्ने राईको धारणा रहेको छ ।
किरात राई यायोख्खा भोजपुरका कार्यवहाक अध्यक्ष समेत रहेकी राईले आदिवासी जनजातिहरुको अधिकार संस्थागतमा समेत आफ्नो पहल कदमी रहने धारणा राखेकी छिन् । लामो समय जिल्लामा रहेर सामाजिक क्षेत्रमा आफ्नो लगानी रहेकाले आफ्नो दक्षता र सीपको प्रयोग गरी निरन्तर भोजपुरे जनताको सेवामा समर्पित हुने प्रतिवद्धता समेत राईले गरेकी हुन् । कार्यक्रम मिडिया सेन्टर भोजपुरका अक्ष्यक्ष किरण राईले सहजीकरणमा सम्पन्न भएको थियो । सुचना, सञ्चारलाई व्यवस्थित तवरले अगाडी बढाएर विकास निर्माणमा टेवा पु¥याउने उद्देश्यले मिडिया सेन्टरको स्थापना गरिएको अध्यक्ष राईले बताए ।