भाेजपुरकाे टोलटोलमा प्रहरी

  सिलिचुङ सम्वाददाता

भोजपुर । नजिकिँदै गरेको महान चाड दशैँतिहारलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र भोजपुरको सक्रियतामा सचेतनामुलक कार्यक्रम ‘टोलटोलमा प्रहरी अभियान २०७५’ अभियान चलाएको छ । विशेषगरि सवारीसाधन चालकहरुलाई ट्राफिक संकेत, स्कुल, अस्पताल, सार्वजनिक स्थल आसपासमा सवारी साधनको गती कम गर्ने, मादक पर्दाथ सेवन गरेर सवारी साधन नचलाउन, मोबाईल चलाउँदै सवारीसाधन नहाँक्ने जस्ता सचेतनामूलक जानकारी फैलाउने अभियानमा सरिक भएका हुन् ।
भोजपुर सदरमुकामका आवातजावत गर्ने मुख्य सडक आसपासका क्षेत्रमा सवारी चालक, ट्राफिक र यात्रुविच विवादहरु बढिरहने भएकाले पनि उक्त क्षेत्रहरुमा यातायात व्यावसायी र यात्रुविच ज्यादती कम गर्न पनि प्रहरीले उक्त स्थानहरुमा सम्भावित विवादहरु कम गर्न सहयोग पु¥याउने प्रहरी पोष्ट व्यवस्थापन समिति पानीट्याङ्कीका संयोजक जगत तामाङले बताए । उनले भने, ‘प्रहरी हाम्रो साथी भन्ने मुल नारालाई आत्मसाथ गरी कार्यक्रमहरु गरीरहेका छौ । विशेषगरि गाडी र पब्लिकसंग सम्बन्धि विवादहरु आउने र त्यसलाई छलफल गरी ठुला विवादहरुलाई प्रहरी कार्यालयमा पठाउने गरेका छौँ ।’
सामुदायिक सेवा केन्द्रले पनि स्कुल सम्पर्क कार्यालय, घरदैलो कार्यक्रम, महिला हिंसा न्युनीकरण कार्यक्रम लगायत विविध कार्यक्रम गर्दै आएको छ । सेवा केन्द्रकी अध्यक्ष लिलामाया तामाङले महिला हिंसा पछिल्लो समय एक्कासी बढेको महिला हिंसा न्युनीकरण गर्न आमनागरिक यसबारे सचेत हुनुपर्ने औँल्याईन् ।
विशेषतः दशैँ तिहारमा सवारीसाधनहरुमा लाग्ने भिडलाई मध्यनजर गर्दै सवारीसाधन चालकहरुलाई सचेतनाका लागि अभियानको मुख्य उद्देश्य रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशव कुमार थेबेले बताए । जिल्लाभित्र सवारीसाधनको सन्दर्भमा ट्राफिकसंग सम्बन्धित समस्याहरु नभएको सुनाउँदै उनले भने, ‘गाडी चालक, सह– चालकहरुलाई कानुनी रुपमा भएका ट्राफिक नियमहरुको बारेमा थप जानकारी लगायत उनीहरुलाई अन्य सचेतनात्मक जानकारीहरु दिईएको हो ।’
टोलटोेलमा प्रहरी अभियान कार्यक्रमका साथै जिल्लामा बढिरहेको महिला हिंसा न्युनीकरण गर्न जिल्ला प्रहरीले मदिरा, अत्याधिक लागुपदार्थ सेवनलाई नियन्त्रण, स्कुलस्कुलमा सचेतनामूलक कार्यक्रम, यौनजन्य हिंसाविरुद्धको कार्यक्रम गर्दै आएको डिएसपि थेबेले बताउँछन् । भन्छन्, ‘चाडबाड नजिकिँदै गर्दा शान्तिसुरक्षाको सुव्यवस्था चुस्त र दुरुस्त पार्ने र प्रहरीलाई जनमैत्री बनाउने उद्देश्यले टोलटोलमा प्रहरी कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार