• हवाई उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको घोषणा

    विमानहरुको रात्रिकालीन पार्किङ विवादले भोलि बुधबारदेखि अन्तरिक उडान अवरुद्ध हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि  उद्धार र आपतकालीनसहित सबै प्रकारका उडान रोक्ने घोषणा गरेको हो । यसले हजारौं हवाई यात्रु प्रभावित हुने भएका छन् ।   नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षालाई थप सुदृढीकर...

  • धादिङको धार्केमा स्थानीयले रासायनिक मल खोसे

    काठमाडौं । धादिङको धार्केमा स्थानीयले राजमार्गमै ट्रकबाट रासायनिक मल खोसेर लगेका छन । भन्सार छलेर ल्याएको दुई ट्रक मल शनिबार राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर काठमाडौं ल्याइरहेको अवस्थामा स्थानीयले बाटोमै लुटेका हुन् । धार्केबजारबाट उक्त मल स्थानीयले खोसेका हुन् ।   स्थानीयले दुईवटा ट्रकमा रहेको ...

  • भारतले पेट्रोलियम पदार्थको मूल्य बढाए

    पेट्रोलियम पदार्थको मूल्य भारतले फेरी बढाएको छ । इन्डियन आयल कर्पोरेसनले बिहीबार नेपाल आयल निगमलाई पठाएको सूचीअनुसार मूल्य बढाएको हो । भारतबाट आएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले बढाएको छ । भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार नेपालमा मूल्य बढेमा पेट्रोलको मूल्य २०९ रुपैयाँ प्रत...

  • अर्थमन्त्री बर्खास्त गर्न प्रचण्डमाथि दबाव

    काठमाडौं। अचानक नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेर विवादमा आएका अर्थमन्त्री जनार्दन शर्मा पुनः विवादमा तानिएका छन्।   बजेट निर्माणको अन्तिम दिन अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजस्वका दर हेरफेर गरेको खुलासा भएपछि मन्त्री शर्मा विवादमा मुसिएका हुन्...

  • बेलायत जाने नर्सले दुई वर्ष नेपालमा काम गरेको हुनु पर्ने

    नेपाल र बेलायतबीच नर्सिङ क्षेत्रका श्रमिक पठाउने समझदारीमा हस्ताक्षरको तयारी भएको छ। हस्ताक्षरका लागि स्वीकृति लिन फाइल मंगलबार मन्त्री परिषद्मा पुगेको श्रम मन्त्रालयका एक अधिकारीले जानकारी दिए।   मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि नेपालस्थित बेलायतका राजदूत र मन्त्रालयका सचिवले हस्ताक्षर गर्ने सहमति भइसकेक...

  • नुवाकोटमा एउटा व्यक्तिले गर्दा घण्टाको १० लाख घाटा : कुलमान घिसिङ

    नुवाकोटको हाइटेन्सन लाइनमा मानसिक सन्तुलन गुमाएका मान्छे तारतारै हिँडेपछि त्रिशुली थ्री ए जलविद्युत आयोजना ६ घण्टादेखि पूर्णरुपमा बन्द भएको छ।   ‘एउटा मान्छेले गर्दा घण्टाको १० लाख घाटा भइरहेको छ’,नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  भने, कोही जान नसक्ने रहेछ, त्यो मान्छे तल पनि झ...

  • दश महिनामा सरकारको खर्च ९ खर्ब ८ अर्ब

    काठमाडौं । संघीय सरकारले आर्थिक वर्ष २०७८र७९ को बैशाख मसान्तसम्ममा ९ खर्ब ८ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा सो रकम खर्च गरेको हो ।   यस अवधिमा चालुतर्फ ७ खर्ब १६ अर्ब ८७ करोड रुपैयाँ, पुँजीगततर्फ १ खर्ब १८ अर्ब २...

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १२ रूपैयाँ बढाएको हो ।   निगमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ...

  • प्रदेश १ को नीति तथा कार्यक्रम : कृषि, पर्यटनदेखि जल यातायात

    विराटनगर । प्रदेश १ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।   कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गरी आयात प्रतिस्थापनका लागि कृषिलाई उच्च प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।...

  • किन देखियो राष्ट्रिय गौरवका आयोजनामा समस्या

    काठमाडौं । सामान्यरुपमा सम्बोधन गर्न सकिने समस्याको उचित निरुपण हुन नसक्दा राष्ट्रिय गौरवका आयोजनाको समग्र प्रगतिमा नै बाधा उत्पन्न भएको पाइएको छ । यो विषय अरुले नभई स्वयं सरकारी निकायले गरेको अध्ययनमा पाइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकाअनुसार निर्माण सामग्रीको उचित प्रबन्धदेखि व्यवस्थापकीय समस्याका कार...