भोजपुरेहरुको लण्डनमा जमघट (फोटोफिचर)

लण्डन । भोजपुरमा जन्म भई बेलायत कर्म थलो बनाएका भोजपुरेहरुको जमघट बेलायतको लण्डनमा भएको छ ।
भोजपुर सेवा समाजको आयोजनामा लण्डनको साउथ ह्यारोस्थित आइतबार भोजपुरेहरुको जमघट भएको हो । करिव १ सय ५० संख्यामा भोजपुरेहरु समर भेटघाट भएको हो । प्रत्येक बर्ष भेटघाट कार्यक्रम आयोजना हुुदै आएको भोजपुर सेवा समाजका महासविच विमला राईले बताइन । भोजपुर जन्म भई बेलायतलाई कर्मथलो बनाउदै आएको भोजपुरेहरु भेला भएर आफ्नो माटोप्रति सम्मान र भोजपुरे हो भन्ने पहिचानको लागि कार्यक्रम गरिदै आएको पनि महासचिव बिमला राईले बताइन ।
जमघट कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा अतिथिहरुले मन्तव्य राख्नुको साथै एक अर्कामा रमाइलो जमघट गरिएको थियो । कार्यक्रममा राम्रो अध्ययन गर्ने विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार