कोरोनाले बेलायतमा १६ नेपालीको मृत्यु

लण्डन । कोरोना भाइरसका कारण बेलायतमा आइतबारसम्म १६ जना नेपालीको मृत्यु भइसकेको छ । कोरोना भाइरसको संक्रमण दिनानुदिन बढदै गएपछि बेलायतमा मृत्यु हुनेको संख्या अत्याधिक बढेको छ ।

अधिकांश मृत्यु हुनेहरुमा बृद्ध भुतपुर्व ब्रिटिस गोर्खा सैनिकहरु रहेको छ । हालसम्म नेपालीहरुमा कति संक्रमित भए भन्ने पुष्टि नभएपनि धेरै संख्यामा हुन सक्ने अनुमान गरिएको छ । कोरोनाको कारण १६ जना मृत्यु भएको नेपाली दुताबासले समेत पुष्टि गरेको छ । दुतावासका उपनियोग प्रमुख शरदराज आरनको अनुसार बेलायतभर १५ जना नेपाली कोरोनाको संक्रमणपछि निको भएर घर फर्कि सकेको छ ।

अस्पताल नै भर्ना भएर ७ जना उपचार गराइरहेको र अझ थप हुन सक्ने अनुमान गरिएको छ । दूतावासले सबैलाई सतर्क रहन र अत्यावश्यक काम बाहेक अरु बेला घरैमा बसेर संक्रमण नियन्त्रणमा सघाउन आग्रह गरेको छ । बेलायतमा कोरोना भाइरसबाट संक्रमति हुनेहरुको संख्या १ लाख २० माथि पुगेको १६ हजार भन्दा माथि संख्यामा मृत्यु भएको बेलायतस्थित सञ्चारमाध्यमहरुले जनाएको छ ।

बेलायतमा कोरोना भाइरसको संक्रमण ठुलो संख्यामा बढदै गएको छ । दैनिक रुपमा सयौंको संख्यामा कोरोना भाइरसबाट मानिसहरुको मृत्यु हुदै आएको छ । कोरोना भाइरसको संक्रमण अत्याधिक बढेपछि धेरै मानिसहरु घरभित्र बस्न बाध्य छन । कोरोना भाइसको महामारीले देश नै लकडाउनले रोजगारमुलक कामहरु बन्द भएपछि धेरै मानिसहरुमा बेरोजगारीको समस्या भएको छ । मौसम परिवर्तनसंगै कोरोनाको महामारी बढदै गएपछि धेरै मानिसहरु जोखिममा परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार