• ६५ प्रतिशतको हाराहारीमा मत खस्यो, १८ पालिकाका ४४ मतदान केन्द्रमा मतदान स्थगित

    काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा अपेक्षाकृत मत नखसेको निर्वाचन आयोगको बुझाइ रहेको छ । आमरूपमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा भए पनि ६५ प्रतिशतको हाराहारीमा मत खसेको आयोगको प्रारम्भिक विश्लेषण छ । आयोगले ६८ देखि ७२ प्रतिशतसम्म मत खस्ने अपेक्षा गरेको थियो । मतभार धेरै भएका काठमाडौँ महानगरपालिकालगायत...

  • सत्ता पक्षले हिंसा भड्कायो : ओली

    सत्ता पक्षले दर्जनौं स्थानमा हिंसा भड्काएको आरोप प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगाएको छ । स्थानीय तह निर्वाचनको मतदान सम्पन्न भएपछि वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षबाट अधिनायकवादी कार्य भएको बताएका छन् ।   हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौं । त...

  • देशभरका ३४ स्थानमा मतदान स्थगित

    देशभरका ३४ स्थानमा मतदान स्थगित भएको छ । ठाउँठाउँमा झडपको अवस्था आएपछि ३४ मतदान केन्द्रहरुमा मतदान कार्य नै स्थगित भएको हो । स्थगित भएका स्थानमा निर्वाचन आयोगले नयाँ निर्वाचनको मिति घोषणा गर्नेछ ।   नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले सबैभन्दा बढी सुदूरपश्चिमका १० मतदान केन्द्रमा मतदान स्थगित भएक...

  • रौतहटको यमुनामाइमा मतदान केन्द्र कब्जामा, मतपेटिका लुटपाट

    रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । मतदानस्थलमा हुलदंगा भइ आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिइ मतपेटिका नै लुटपाट गरेका हुन् ।   भिडले मतपत्र समेत तोडफोड गरी स्थिति नियन्त्रणबाहिर गएपछि मतदान कार्यलाई स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यमुनामाई गाउँपालिका वडा नम...

  • उदयपुरको कटारीमा बुथ कब्जा गर्न खोज्दा गोली चल्यो, एकजनाको मृत्यु

    उदयपुरको कटारी नगरपालिका-१० स्थित  कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप हुँदा एकजनाको मृत्यु भएको छ। झडप नियन्त्रणका क्रममा  प्रहरीले ८ राउण्ड गोली चलाएको छ।   कटारी १० मतदान स्थल कालिका माध्यमिक विद्यालय सोरूङ छबीसेमा मतदान अन्तिम समयमा पुगेको बेला स्थानीयले बुथ कब्जा गर्न खोजेपछि गोली चलाउनुपरे...

  • एमालेका उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते

    भैरहवा । रुपन्देहीको मर्चवारी-५ बनियाडिह उम्मेदवारको घरमा विस्फोट हुँदा श्रीमती घाइते भएकी छन् । नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका सोमनाथ पाण्डेको घरमा विस्फोट भएको हो ।   मतदान भइरहेको समयमा करिब साढे ४ बजेको समयमा घरभित्र विस्फोटक भएको छ । घरभित्र विस्फोट भएको ग्यास सिलिण्डर हो या अन्य केही...

  • छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न

    काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका घटनासमेत भएको जनाइएको छ । कतिपय ठाउँमा निर्वाचन स्थगित गरेर अर्को दिनका लागि मिति तय गरिएको छ । केही क्षेत्रमा केही बेर अवरुद्ध भएर पुनः मतदान सञ्चालन गरि...

  • बुटवलमा बम विस्फोट

    बुटवलमा बुधबार साँझ बम विष्फोट भएको छ। मिलनचोक स्थित सनराइज बैंकको अगाडि बम पड्किएको हो। विस्फोट भएको ठाउँमा नेकपा माओवादी क्रान्तिकारी लेखिएको पर्चा भेटिएको प्रहरीले जनाएकाे छ।   ‘स्थानीयले विस्फोटको आवाज सुन्यौँ भनेर खबर गरेपछि हामी आयौँ’ इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले भने, ‘यहाँ ...

  • परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने

    काठमाडौं । वैशाख ३० गतेको निर्वाचनमा मतदाता परिचयपत्र नभएकाले परिचय खुल्न कागजातबाट मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।   आयोगले स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाना नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने बुधबार विज्ञप्ति प्रकाशन ग...

  • रूकुमपूर्वमा एमाले कार्यकर्ताको अपहरणपछि हत्या, उम्मेदवारसहित माओवादीका तीन नेता पक्राउ

    रुपन्देही । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको अपहरणपछि हत्या भएको छ । वैशाख २३ गते सो गाउँपालिका– ११ टक्सेरामा माओवादी कार्यकर्ताले एमाले–कांग्रेस गठबन्धनका कार्यकर्तामाथि आक्रमण भएपछि झडप भएको थियो । सो झडपमा दुवै पक्षका आधा दर्जन घाइते भएका थिए ।   घरदैलोका क्...