रिमाचुङलाई हराउँदै केएफसी बन्यो लिग च्याम्पियन

  सिलिचुङ सम्बाददाता

लिग च्याम्पियन बनेपछि केएफसीका खेलाडी, तश्विर :सिलिचुङ

भोजपुर । गत असार ८ गतेबाट सुरु जिल्लास्तरीय राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि कोदार फुटबल क्लब (केएफसी) ले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा केएफसीले रिमाचुङ स्पोर्टस एण्ड एकाडेमीलाई ४–३ गोलअन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
निकै प्रतिस्पर्धात्मक रहेको खेलमा केएफसीको जितका लागि विजय भुजेलले २ तथा विवेक राई र रामबहादुर तामाङले १–१ गोल गरे । रिमाचुङका लागि सेरुहाङ नेम्बाङले २ र सलिन राईले १ गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।
प्रतियोगितामा विजेता केएफसीले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । त्यस्तै दोस्रो हुने रिमाचुङले १० हजार नगद र प्रमाण पत्र पाएको छ ।
अखिल नेपाल फुटबल संघको आयोजना तथा भोजपुर जिल्ला फुटबल संघको भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा सञ्चालित प्रतियोगितामा जिल्लाभित्रका १० वटा फुटबल टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम हुने केएफसी टिमले धरानमा सञ्चालन हुने मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको भाग लिनने जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले जानकारी दिए ।

लिग च्याम्पियन बनेपछि केएफसीका खेलाडी, तश्विर सिलिचुङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार