कोरोना महामारीमा प्रजनन र मातृ सुरक्षाको प्रत्याभूति खै ? (महिला स्वास्थ्यकर्मीका कथाव्यथा एक सारांश)

  प्रदीपचन्द्र राई

दिनभर पिपिई सेट (पर्सनल प्रोटेक्टिभ ईक्यूपमेन्ट) को पहिरन, आईसोलेसन, क्वारेन्टाईन र हेल्थडेस्कको बसाईँ, ईमरजेन्सी, ओपिडी कक्षको चक्करले बेफुर्सद । कोरोना महामारीमा खटिरहेका स्वास्थ्यकर्मीको दैनिकी हो यो । त्यसमा पनि यो महामारीमा सबैभन्दा जोखिम र संवेदनशिल अवस्था छ, गर्भवती र सुत्केरी स्वास्थ्यकर्मीहरुलाई । काखमा दुधे बच्चा र परिवारबाट अलग्गिएर दिनरात विरामीको उपचारमा भ्याईनभ्याई हुन्छ उनीहरुलाई ।
भोजपुर दाँवाकी रचना श्रेष्ठ एक महिला स्वास्थ्यकर्मी हुन् । उनी सबेरै उठ्छिन् । काखकी सानी छोरीलाई स्तनपान गराउँछिन् । अनि पिपिई लगाएर भोजपुर नगरपालिकाको देउरालीस्थित कोभिड अस्पताल पुग्छिन् । आईसोलेसन र क्वारेन्टाइनका विरामीको चेकजाँचमै उनको दिन वित्छ । हेल्थडेस्कमा बस्दा कति विरामीको आगमन हुन्छ पत्तो हुन्न । खाना, खाजाको बेला पिपिई बदलेर छोरीलाई स्तनपान गर्छिन् । संक्रमणको डरले साँझ घर फर्किन पनि पिर छ उनलाई । शंकास्पद विरामीको प्रत्यक्ष चेकजाँचमा खटिनु उनको दैनिकी बनेको छ, यो महामारीमा । त्यस्ता विरामीहरुको प्रत्यक्ष सम्पर्कमा रहँदा एकातिर संक्रमणको डर अर्कोतिर छोरी र परिवारको पिरले पिरोल्छ, उनलाई ।

संक्रमणको विषम परिस्थितीलाई सामना गर्दै सबै पालिका र वडातहमा विरामीको उपचारदेखि कोभिड अस्पताल, आईसोलेसन, क्वारेन्टान, हेल्थडेस्कदेखि ईमरजेन्सी, ओपिडी, जनरल जस्ता वार्डमा समेत रातदिन खटेका भेटिन्छन् । यो महामारीमा स्थानीय, प्रदेश र केन्द्रीय तीन तहका सरकारले आ–आफ्नो मातहतका स्वास्थ्यकर्मीको स्वास्थ्य समस्याको आधारमा व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

रचना एक प्रतिनिधीमूलक पात्र मात्र हुन् । उनीजस्ता यो महामारीमा महिलाहरु यो स्थितीबाट गुज्रिरहेका छन् । महामारीमा उनीजस्ता आईसोलेसन, क्वारेन्टाईन, हेल्थडेस्कमा दिनरात खट्ने महिला स्वास्थ्यकर्मी यस्ता पिडा, समस्या र जोखिमबाट सबैभन्दा बढि ग्रसित छन् । उनीहरुको दिनचर्या नै बनेको छ । मातृशिशु सुरक्षा र महिला प्रजनन जस्तो संवेदनशील अवस्थामा पनि खटिने स्वास्थ्यकर्मीलाई घरबाट निस्कँदा र सेवारत क्षेत्रमा खटिनुपर्दा जोखिम हुन्छ छ ।

‘यस्तो बेला सबैभन्दा बच्चाको पिर हुन्छ हामीलाई, आफु त संक्रमित भएपनि केहि छैन तर बच्चा र परिवारलाई संक्रमण हुने पिर हुन्छ, काममा जोखिम मोलेर खट्नुपर्ने स्थिती छ’ रचनाले अनुभव पोखिन्, ‘शंकास्पद विरामीहरुको चेकजाँच र दिनभर हेल्थडेस्क र आईसोलेसनमा खटिँदा कहिले सुत्न ढिला, कहिले घर पुँगिदैन’ उनीजस्ता हजारौँ संख्यामा खटिने आमा स्वास्थ्यकर्मीको अवस्था उस्तै छ । जोखिम उतिक्कै छ ।
कोभिड महामारीको विषम परिस्थितीमा पनि निरन्तर सेवारत उनीहरुलाई, जति कदरको सलामी दिएपनि कम हुन्छ । तर बिडम्बना, यस्तो महामारीमा पनि उनीहरुको प्रजनन र मातृ सुरक्षाको कुनै ग्यारेन्टी छैन । जतिजति संक्रमण दर र लकडाउन अवधि लम्बिदै गएको उति नै जोखिमको घेरामा छन्, उनीहरु । कतिबेला शंकास्पद विरामीको चेकजाँच गर्दागर्दै स्वयमलाई संक्रमितको रुपमा पाउने हो थाहा छैन । त्यसमाथि झन बच्चा र परिवारलाई कति जोखिम पुग्छ यसको झन कुनै सिमा छैन । तर परिवार र आफ्नो ज्यानको जोखिम नभनी दिनरात घोटिन्छन्, खटिन्छन् ।
दोश्रो लहरको कोरोना संक्रमणले देशव्यापी महामारीको रुप लिएपछि गत चैत २० मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण स्वास्थ्य कर्मचारीलाई विदा र काज नदिने निर्णय ग¥यो । योबेला नाजुक किसीमका ती गर्भवती र सुत्केरी महिला स्वास्थ्यकर्मीलाई संक्रमण रोकथाम तथा नियन्त्रणमा खटाउनु प्रजननमैत्री विपरीत काम भएको छ । महामारीमा सुत्केरी आमाहरूले आफ्ना बच्चालाई दुध चुसाउने कि विरामीको हेरचाहमा खट्ने ? यस्तो असुरक्षित र जोखिमपूर्ण दोधारको संघारबाट कसरी उन्मुक्ति पाउलान् त ? यी यस्ता प्रश्नले तरंगित बनाउँछ ।
आमा बन्न लागेका र भर्खरै आमा बनिसकेका ती स्वास्थ्यकर्मीको शारिरीक, मानसिक रुपले संवेदनशिल मानिन्छ । गर्भवती वा सुत्केरी महिलामा रोग प्रतिरक्षा क्षमता केही परिवर्तन हुनेहुँदा गर्भावस्थादेखि सुत्केरी भएको अवस्थासम्म अरु साधरण मानिस जस्तै सतर्क र सावधान रहनुपर्ने स्त्री चिकित्सक राधिका विष्टले तर्क राखिन् । ‘यदि गर्भवस्था र सुत्केरी समयमा लक्षण देखिएमा कोभिड परीक्षण आवश्यक छ, परीक्षणपछि पनि संक्रमण देखिए भविष्यमा देखिने जटिलताबाट टाढा राख्न सकिन्छ’ उनले भनिन् ।
स्वास्थ्य कर्मचारीको हकमा सरकारबाट स्विकृत ९८ दिनको सुत्केरी विदा दिएको छ । तर यो महामारीमा उनीहरुलाई के पर्याप्त होला त ? प्रजनन र मातृशिशु अवस्थालाई कुनै प्राथमिकतामा राखिएको पाईदैन । यसले उनीहरुलाई महामारीमा संक्रमणबाट जोगिनै काउसो थपिदिन्छ । दिनप्रतिदिन दोब्बर, तेब्बर गर्दै गुणात्मक संख्यामा संक्रमित बढिरहेकाबेला न्यूनत्तम स्वास्थ्य मापदण्ड पूरा नगरिएका आईसोलेसन र क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मी कति सुरक्षित होलान् ? यकिन छैन । ती क्षेत्रमा स्वास्थ्यकर्मीलाई स्वास्थ्य संवेदनशिलताका आधारमा व्यवस्थापकीय पक्ष मिलाईएको पनि भेटिन्दैन ।
बच्चालाई स्तनपान कक्षसमेत नभएका जोखिमपूर्ण क्षेत्रमा बच्चासहित काममा खटिरहेका महिला स्वास्थ्यकर्मीलाई अझ धेरै जोखिम छ । गर्भवती महिला स्वास्थ्यकर्मीलाई कोभिड संक्रमणको जोखिम अझ धेरै छ । जसले गर्भवती महिला स्वास्थ्यकर्मीलाई शारीरिक, मनोवैज्ञानिक पक्ष, कार्यभारले उनीहरुको प्रजनन संवेदनशीलता जोखिमको उत्कर्षमा पु¥याएको छ । कोभिड लागिहाले परिवारबाट छुट्टै बस्नु भन्ने मान्यता छ । जसले संक्रमण हुने डरत्रासको हिचकिचाहट नलिई विरामीको सेवाबाट विमूख नहुने उनीहरु वास्तविक योद्धा हुन् ।

भोजपुरको सन्दर्भमा कुरा गर्दा मात्रै ९ स्थानीय तह र ८१ वडाका सम्पूर्ण स्वास्थ्य सेवा क्षेत्रमा मात्रै ७५ प्रतिशत बढि महिला स्वास्थ्यकर्मी रहेको एक आँकडाले देखाउँछ । कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित हुँदै प्राथमिक स्वास्थ्य चौकीदेखि जिल्लास्तरसम्मका ठुला अस्पतालसम्म महिला स्वास्थ्यकर्मीहरु बढि छन् । संक्रमणको विषम परिस्थितीलाई सामना गर्दै सबै पालिका र वडातहमा विरामीको उपचारदेखि कोभिड अस्पताल, आईसोलेसन, क्वारेन्टान, हेल्थडेस्कदेखि ईमरजेन्सी, ओपिडी, जनरल जस्ता वार्डमा समेत रातदिन खटेका भेटिन्छन् । यो महामारीमा स्थानीय, प्रदेश र केन्द्रीय तीन तहका सरकारले आ–आफ्नो मातहतका स्वास्थ्यकर्मीको स्वास्थ्य समस्याको आधारमा व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।
कतिपय परिस्थितीमा कोभिड अस्पताल, आइसोलेसन, क्वारेन्टाइन, कोरोना हेल्थ डेस्कबाट दिनभर दिलोज्यान लगाएर खटेका स्वास्थ्यकर्मीहरू घर पुगेर आफ्ना बच्चालाई स्तनपान गराउन सक्लान् त ? त्यसमा अझ पोषण, विश्रामका अवस्था कसरी सिर्जना होलान् ? यी यस्ता सोचनीय र संवेदनशिल प्रश्नहरुमा विकल्प राज्य होस् या राज्यको कुनै नियम कानूनले नजरअन्दाज गरेको छ । जसले सेवा प्रदायक भूमिकामा राज्य र कानुनले विभेदात्मक सिमास्तम्भ कोरेको दर्शाउँछ ।
अहोरात्र खटिने स्वास्थ्यकर्मीहरु यो महामारीमा पनि १८ घण्टा नै तल्लिन छन् । कतिपय स्वास्थ्यकर्मीहरु काम गर्दागर्दै थलिन पुगेका छन् । सरकारले पोषण भत्ता, जोखिम भत्ता भनेर दैनिक तलबको कुरामा मात्रै सिमित गरेको छ । धेरै स्वास्थ्यकर्मीहरु त्यो सुविधाबाट पनि धेरै समयदेखि बञ्चित भएको गुनासाहरु बेलाबेला सुनिन्छ । उनीहरुको महत्व कति के छ भन्ने कुरामा बेखबर बन्नु स्वास्थ्य कर्मचारीप्रति राज्य आँफै गैरजिम्मेवारीपन भएको ठहर्छ ।
त्यसो त अति दुर्गम क्षेत्रमा जनसंख्याको आधारमा पर्याप्त स्वास्थ्यकर्मी छैनन् । अनि सिमित एकजना, दुईजनाको भरमा सेवा प्रवाह गर्नुपर्ने स्थिती छ । यस्तो परिस्थितीमा कोरोना संक्रमण फैलिहाले उनीहरुलाई आपतकालिन अवस्था नआउला भन्न सकिन्न । यसर्थमा राज्यबाट निर्दिष्ट सेवासुविधा र महामारीमा स्वास्थ्य सुरक्षाको ग्यारेन्टीमा कुनै ठोस पहलकदमी देखिदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार