क्षमता ढकाल जनसम्पर्क समिति बेलायतको सहमहामन्त्रीमा मनोनित

लन्डन । नेपाली कांग्रेस प्रवास कमिटि अन्तर्गत रहेको जनसम्पर्क समिति बेलायतको सहमहामन्त्रीमा क्षमता ढकाल मनोनित भएकी छिन ।

 

आइतवार फेल्थामको केटीएम रक्समा बसेको समितिको बैठकबाट ढकाल सहमहामन्त्रीमा मनोनित भएकी हुन । लामो समयदेखि सामाजिक अभियानमा सक्रिय रहेकी ढकाल विभिन्न संघसंस्थाहरुमा आवद्ध रही सकेकी छिन ।

 

समितिको सभापति युवराज गुरुङको अध्यक्षतामा बसेको बैठकले जनसम्पर्क समिति बेलायतको मौजुदा विधान साथै नेपाली कांग्रेसको विधान तथा पार्टीको केन्द्रीय नियामवली धारा २१, उपधारा ७, घ बमोजिम बेलायतमा रहेका नेपाली कांग्रेसको क्रियाशिल सदस्यहरुमध्ये २० जनालाई नेपाली जनसम्पर्क समिति बेलायतको विभिन्न पदहरुमा मनोनित भएका छन ।

 

समितिको बैठकबाट उपसभापतिमा इन्द्रमान गुरुङ, सहमहामन्त्रीहरुमा खड्ग चेम्जोङ, नारायण लामा र टपेन्द्र राई मनोति भएका छन । त्यसैगरी सदस्यहरुमा थर्कराज जिमी, प्रितम गुरुङ, असल लिम्बु, प्रदीप बान्तावा, प्रमिला केसी, नरेन्द्र तुम्बापो, योगेन्द्र विक्रम तावा, इश्वर गुरुङ, मनकुमार राई, शिवकुमार राई धु्रर्व गुरुङ र पूर्णकुमार क्षेत्री मनोनित भएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार