बेलायतबाट गोर्खा र तीनका सन्तानहरु खेदिन सक्छ : कृष्णबहादुर राई

लन्डन । बेलायतको बदलिदो पछिल्लो राजनीतिक घटनाक्रमले गोर्खा र तीनका सन्तानहरु जुनसकै वाहानामा पनि बेलायतबाट खेदिने परिस्थिती सिर्जना हुने सक्ने गोर्खा सत्याग्रह संयक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताएका छन ।

 

रिफर्म पार्टी युकेको आप्रावासी विरोधी अभियान र सत्तारोहणपछि आप्रावासीहरुलाई देश निकाला गर्ने पार्टीको घोषणाले भविष्यमा गोर्खा र तीनका सन्तानहरु बेलायतबाट खेदिने परिस्थिती आउने सक्ने संयोजक राईले बताएका हुन । रिर्फम पार्टीको आप्रावासी विरोधी अभियानले सरकार समेत चर्को दवावमा परेको र त्यसले भोली गोर्खाका छोराछोरीहरु देश निकाला हुन सक्ने खतरा र जोखिम उत्तिकै रहेको पनि राईले बताए ।

 

५ सय बर्ष अगाडी भुटान गएका र त्यही घर भएर जन्म भई त्यहीको नागरिकता लिइसकेकालाई पनि खेदाएको स्मरण गर्दै संयोजक राईले वर्मा फिजीदेखि खेदाएको स्मरण गर्न र त्यहीबाट पाठ सिक्न पनि सबैलाई अनुरोध गरेका छन । भविष्यमा बेलायतले खेदाउदैन भन्ने कुनै ग्यारेन्टी नभएको र गोर्खाका सन्तानहरुले बेलायतमा पाएको बंशजको नागरिकता नभएकाले खेदाउन सक्ने आधारहरु प्रशस्तै रहेको पनि उनले बताए ।

“त्यसैले भोली कुनै पनि वाहानामा निकाल्न सक्छ । अमेरिकाले डिभी परेर गएकाहरुलाई त खेदाईरहेको छ । हामीहरुलाई खेदाउदैन भन्ने आधारहरु नै छैन । गोर्खाका अधिकांश छोराछोरीहरुले नागरिकता लिईसकेको छ । त्यसैले भोली उनीहरु देशविहिन बन्दैछ,” संयोजक राईले भने ।

 

नागरिकताको बिषय पेन्सनभन्दा पनि ठुलो कुरा हो । हामीले जसका लागि भनेर लडिरहेका छौं । उहाँहरुको योगदान “कन्ट्रिव्यूसटन” त छदै छैन । सुन्नसमेत आउदैन । गोर्खाहरुमा त्यसले पाएपछि मैले र मेरा नानीले पाइहाल्छ भन्ने गोर्खाहरुमै नकरात्मक धारणा रहेको पनि पनि संयोजक राईले गुनासो व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार