भोजपुर प्रतिभा सम्मान ‘शरण राई’ र पुरस्कार ‘तेजेन्द्र गन्धर्व’ लाई

लन्डन । भोजपुर  प्रतिभा सम्मान ‘शरण राई’ र पुरस्कार ‘तेजेन्द्र गन्धर्व’ लाई प्रदानलाई गरिने भएको छ ।

 

भोजपुर प्रतिभा प्रतिष्ठान वेलायतले हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आईरहेको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार वि.सं. २०८२ को लागि लेखक शरण राईलाई भोजपुर प्रतिभा सम्मान र तेजेन्द्र गन्धर्वलाई प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

 

प्रत्येक दुई बर्षमा प्रदान गरिने सम्मान राशी रु १५,००० अक्षरेपी (पन्ध्र हजार रुपैया) र ताम्रपत्र रहेको छ भने प्रतिभा पुरस्कार राशी रु ३५,००० अक्षरेपी (पैतिस दश हजार) सहित ताम्रपत्र रहेको छ ।

 

संस्थाले यस अघि साहित्यकार पुर्ण प्रकाश यात्री, साहित्यकार परशु प्रधान, साहित्यकार कृष्ण जोशी, साहित्यकार जिवि लुगुन, साहित्यकार सैलेन्द्र साकार, साहित्यकार मन्जुल, साहित्यकार गायक तथा संगीतकार गणेश रसिक, ईतिहासकार ज्ञान मणी नेपाल र श्याम तमोट हिरण्य भोजपुरेलाई सम्मान गरि सकेको छ ।

 

यसैगरी पुरस्कृत हुनु हुने स्रष्टाहरुमा कवि श्रवण मुकारुङ, संगीतकार दिनेश वान्तवा, कवि विप्लक ढकाल, कवि विमल गिरी, धावीका मीरा राई, कवि तथा समालोचक पुर्ण ईन्फादा, गायक भिषण मुकारुङ, लेखक कविता राई र करुणालाई प्रदान गरी सकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार