क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा अफगानिस्तानले क्यानडालाई पराजित गरेको छ । चेन्नईको एमएचिदम्बरम रंगशालामा सम्पन्न खेलमा अफगानिस्तानले क्यानडालाई ८३ रनले पराजित गरेको हो ।

 

२०१ रनको लक्ष्यासहित जवाफी ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो । उसका लागि हर्ष ठाकरले सर्वाधिक ३० रनको योगदान दिए । यस्तै साद बिन जफर ३०, युवराज समरा १७ र दिलप्रीत बाजवा १३ रनमा आउट भए ।

 

अफगानिस्तानका लागि मोहम्मद नाबीले चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले ७ रन मात्रै खर्चिए । राशिद खानले दुई तथा मुजीब उर रहमान र अजमातुल्लाह उमरजाईले एक एक विकेट लिए ।

 

त्यसअघि टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०० रन बनाएको थियो । अफगानिस्तानका लागि इब्राहिम जदरानले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ९५ रनमा अविजित रहे । ५६ बलको सामना गरेका उनले ७ चौका र ५ छक्का प्रहार गरे । यस्तै सेदिकुल्लाह अतलले ४४, रहमानुल्लाह गुरबाजले ३० रन बनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार