
इरानले अमेरिकाले अनुमानै नगरेको डिएगो गार्सियास्थित सैन्य अड्डामा दुईवटा ब्यालेस्टिक मिसायल प्रहार गरेको द वाल स्ट्रिट जर्नलले जनाएको छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार, इरानले अमेरिका र बेलायतको संयुक्त सैन्य अड्डाका रुपमा रहेको डिएगो गार्सियातर्फ मध्यम दूरीका दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो। द वाल स्ट्रिट जर्नलले विभिन्न स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार, हिन्द महासागरमा रहेको उक्त अड्डामा ती दुवै क्षेप्यास्त्रले क्षती भने पुर्याउन सकेन्।
त्यस्तै सीएनएनले पनि एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै ती क्षेप्यास्त्र स्थानीय समयअनुसार शुक्रबार बिहान प्रहार गरिएको दावि गरिएको छ। रानबाट डिएगो गार्सियासम्मको दूरी करिब ३,८०० किलोमिटर (२,३६१ माइल) छ।
इरानका पूर्व सर्वोच्च नेताले इरानी क्षेप्यास्त्रको अधिकतम मारक दूरी २,००० किलोमिटर (१,२४३ माइल) ननाघ्ने गरी निर्धारण गर्न आदेश दिएको दाबि गरिन्छ। पेन्टागन र बेलायतको रक्षा मन्त्रालयले भने अहिले सम्म आधिकारीक जानकारी दिएका छैनन्।







