प्रिती कम्बोडियन क्लबमा आबद्ध

नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रिती राई कम्बोडीयन क्लबमा आबद्ध भएकी छन् ।  बुधबार ‘प्रेह तानरीच स्वय’ क्लबले विज्ञप्ति जारी गर्दै राईलाई अनुबन्ध गरेको जनाएको हो ।

 

प्रिती यसअघि जोर्डनको क्लब  इतिहाडमा आबद्ध थिइन् ।  एक सिजन क्लबमा रहँदा प्रितीले चार खेल खेल्दा एक गोल आफ्नो नाममा ल्याएकी थिइन् । अब भने प्रितीले कम्बोडियाको एसोसिएसन क्लबहरूको शीर्ष महिला डिभिजन लिग ‘कम्बोडियन प्रिमियर लिग’ खेल्ने पक्का भएको छ । उनी आबद्ध क्लब प्रतियोगिताको साबिक विजेता समेत हो । क्लबले प्रतियोगिताको ४० संस्करण पूरा हुँदा हालसम्म चार पटक  उपाधि चुमेको छ ।

 

प्रिती आवश्यकता र समय अनुसार बल फ्याँक्न अब्बल छिन् । नेपाली राष्ट्रिय टिमको मिडफिल्डमा  उनको प्रभावशाली उपस्थित छ । उनले सन् २०२१ मा १६ वर्षको उमेरमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल खेल्दै राष्ट्रिय टिममा डेब्यू गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार