दोस्रो मेयर कप महिला फुटबल प्रतियोगितामा भैंसीपंखा बन्यो च्याम्पियन

  सिलिचुङ सम्बाददाता

भोजपुर । भोजपुर नगरपालिका १० भैंसीपंखा दोस्रो मेयर कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । मंगलबार भएको फाईनलमा भैंसीपंखाले भोजपुर नगरपालिका ११ आम्तेकलाई ४–० गोलअन्तरले पराजित गर्दै उपाधी उचालेको हो ।
टिमलाई जित दिलाउन भैंसीपंखाकी सम्झना लावती र ईमा राईले २–२ गोल गरे । सम्झनाले खेलको १० औँ र ४८ औँ र ईमाले २९ औँ र ५३ मिनेट गोल गर्दै टिमलाई जिताएकी थिईन् । जितसंगै भैंसीपंखाले नगद १ लाख सहित ट्रफि हात पारेको छ । त्यस्तै दोश्रो हुने आम्तेकले ५० हजार नगद पाएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी भैंसीपंखाकी सम्झना लावती भईन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट डिफेन्डर आम्तेककी सरिता शेर्पा, उत्कृष्ट मिडफिल्डर भैंसीपंखाकी कामना राई, उत्कृष्ट स्ट्राईकर भैंसीपंखाकी ईमा राई र उत्कृष्ट गोलकिपर रिमाचुङ एजुकेशन एण्ड स्पोर्टस् एकाडेमी टेम्के मैयुङकी देविका श्रेष्ठ भए ।
बिहीबारबाट स्थानीय भोजपुर टुँडिखेलमा सुरु प्रतियोगितामा भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका र हतुवागढी गाउँपालिकाका ६ टिम सहभागी थिए । जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितमा भोजपुर नगरपालिकाको प्रायोजन रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार