‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ हुँदै

  सिलिचुङ सम्वाददाता

विराटनगर। थारु समुदायका युवा युवतीहरुमा भएको प्रतिभालाई उजागर गर्नका लागि एक नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ हुँने भएको छ । आयोजक थारु कला केन्द्रले पत्रकार सम्मेलन गरेर मंगलवारदेखि शनिवारसम्म प्रतियोगिता गर्ने जानकारी दिएको हो ।
बिराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । आईकनको पहिलो अडिसन मंगलवार सुनसरीको झुम्कामा हुँदैछ । त्यस्तैगरी भदौ ६ गते उदयपुर, ७ गते मोरङको नेता चौक, ८ गते झापाको विर्तामोड र ९ गते बिराटनगरमा अडिसन हुँने थारु कला केन्द्रका अध्यक्ष देवकृष्ण विश्वासले जानकारी दिए ।
अडिसनबाट उत्कृष्ट छनौट भएका एक÷एक जना मिस्टर एण्ड मिस थारु आईकन घोषणा हुँनेछन् । बिजेताले २ लाख पुरस्कार पाउँने आयोजकले जनाएको छ । त्यस्तै एक÷एक जना युवायुवतीले फस्ट रनरअप र सेकेन्ड रनरअपको उपाधि पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार