संविधान दिवसको मैत्रिपुर्ण पुरुष फुटबल प्रतियोगितामा राजनीति दल र महिला जनप्रतिनीधि बने प्रथम

भोजपुर । संविधान दिवसमा स्थानीय टुँडिखेलमा आयोजना सञ्चालन भएको मैत्रिपुर्ण फुटबल प्रतियोगितामा राजनीति दल र महिला जनप्रतिनीधि प्रथम बनेका छन् ।
मैत्रीपुर्ण खेलमा राजनीति दल, जनप्रतिनिधी, पत्रकार, कर्मचारी र वैककर्सको सहभागीतामा भएको प्रतियोगितामा राजनीति दलले वैककर्सलाइ दुई गोलका विरुद्ध चार गोल गर्दै प्रथम बनेको हो ।प्रतियोगितामा राजनीतिदलको तर्फबाट राजु श्रोष्ठले ह्याट्रिक गरेका थिए भने भास्कर तामाङ्ग एक गोल थपी चार गोल बनाएका थिए ।
यता, वैककर्सले भने दुवै गोल अनुप कार्कीले गरेका थिए ।प्रतियोगितामा वैककर्सले नीजामती कर्मचारीलाई एक गोलका विरुद्ध दुई गोल गर्दै सेमीफाईनलमा पुगेको थियो भने सेमी फाईनलमा पत्रकार र वैककर्स विच भएको खेलमा बैकर्कस्ले एक गोलको विरुद्ध तीन गोल गरी फाईनलमा प्रवेश गरेको थियो ।
यता राजनीति दलले भने जनप्रतिनिधीलाई दुई गोलका विरुद्ध चार गोल गर्दै राजनीति दल फाईनलमा पुगेको थियो ।

यता, मैत्रिपुर्ण महिला फुटबल प्रतियोगितामा जनप्रतिनिधी प्रथम बनेको छ । जनप्रतिनिधीले कर्मचारीलाई सुन्यको विरुद्ध एक गोल गर्दै प्रथम बनेको हो । जनप्रतिनिधी र कर्मचारी विच पहिलाे चरणमा गोल हुन नसकेपछि थप गरिएको समयमा महिला जनप्रतिनिधीकाे तर्फबाट काैशिला विकले एक गोल गरेकी थिइन्।

खेलकाे सम्पूर्ण व्यवस्थापन जिल्ला फुटवल संघले गरेकाे िथयाे भने खेलकाे प्रायाेजन भाेजपुर नगरपालिकाले गरेकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार