रनिङशिल्ड फुटबलको उपाधि नवज्योतीलाई

  सिलिचुङ सम्वाददाता

उपाधि हात पारेपछि नवज्योती युवा क्लबका खेलाडीहरु । तश्विर सौजन्यः सौगात गौतम

भोजपुर । षडानन्द नगरपालिका १, नेपालेडाँडामा जारी अरुण उपत्यकाको प्रतिष्ठित फुलबल प्रतियोगिता नेपालेडाँडा रनिङशिल्ड फुटबलको उपाधि नवज्योती युवा क्लब, संखुवासभाले जितेको छ । नेपालेडाँडा स्पोर्टिङ क्लबको आयोजनामा सम्पन्न फाईनल खेलमा संखुवासभाकै सितलपाटी युवा क्लबलाई १–० गोल अन्तरले हराउँदै पाँचवर्षे रनिङशिल्ड उपाधिमाथि कब्जा जमाएको हो ।
प्रतियोगिताभर उत्कृष्ट डिफेन्डर घोषित भएका नवज्योतीका समिर नेपालीले खेलको पहिलो हाफको १७ औँ मिनेटमा गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि दोश्रो हाफको अन्तिम समयसम्म दुवै टोलीको तर्फबाट कुनै गोल हुन नसकेपछि नवज्योतीले उपाधि चुम्यो । १ सय ११ तोलाको चाँदीको शिल्डसहित नवज्योतीले रु. ४० हजार नगद पनि हात पारेको छ । त्यस्तै दोश्रो हुने सितलपाटीले २५ हजार नगदसहित मेडल र प्रमाणपत्र हात पा¥यो ।


त्यस्तै तेश्रो स्थानका लागिका लागि भएको खेलमा संखुवासभाकै लोहरुङ युथ क्लबले भोजपुरको सिएफसी युथ क्लब चम्पेलाई २–० गोल अन्तरले हराउँदै तेश्रो भयो । तेश्रो र सान्त्वना हुने लोहरुङ र सिएफसिले क्रमशः १७ हजार र १० नगदसहित मेडल, प्रमाणपत्र हात पारे । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने डिफेन्डर नवज्योतीका समिर नेपालीले एक हजार नगदसहित मेडल, प्रमाणपत्र प्राप्त गरे । विगत पाँच वर्षदेखि सञ्चालित प्रतियोगिताको अन्तिम संस्करण अन्तर्गत गत असोज २३ गतेदेखि सुरु प्रतियोगितामा भोजपुरको २० वटा र संखुवासभाको १३ वटा गरि ३३ टिमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार