प्रथम मेयर कप महिला फूटबल प्रतियोगिता शुरु (फाेटाे फिचर)

  सिलिचुङ समाचारदाता

भोजपुर । भोजपुर सदरमुकाममा प्रथम मेयर कप महिला फूटवल प्रतियोगिता शुरु भएको छ । आइताबारबाट शुरु भएको प्रतियोगिताको एक कार्यक्रम वीच फुटबलको आरम्भ गरिएको छ ।
त्यसैगरी, प्रतियोगिताको उदघाटनपछि भएको मातृभूमि कृषि फर्म र ट्याम्केमैयुङ वीच भएको खेलमा ४–० गोलले विजयी भएको छ । खेल शुरु भएको २ मिनेटमा मातृभूमि कृषि फर्मका कोपिला लिम्बुले गोल लगाएका थिए । त्यसैगरी ५ मिनेटमा ललिता मगर र कोपिला लिम्बुले १० मिनेटमा थप गोल गरेका थिए ।


खेलको दोस्रो हाफमा कोपिलला लिम्बुले थप गोल गरेका थिए । पहिलो खेलमा कोपिला लिम्बु म्यान अफ द म्याज घोषित भएका थिए ।
त्यस्तै दोस्रो खेलमा भोजपुर नगरपालिका १० भैसींपंखाले रिमाचुङ स्पोटर्स एकाडेमीलाई २–० ले पराजीत गरेको छ ।
त्यसैगरी सोमवार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिका ११ आम्तेक तथा हतुवागढी गाउँपालिका र रीमाचुङ स्पोर्टस एकाडेमी भिड्दै छन् । भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा सञ्चालन गरिएको हो ।

कपमा विजयी प्रथमले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र र दोस्रो हुनेले ३० हजार टङफी मेडल र प्रमाण पत्र पाउने जिल्ला फूटवल संघ भोजपुरमा अध्यक्ष प्रविन सुवालले बताए । प्रतियोगितामा ६ टिम महिला खेलाडीहरुको सहभागीता रहेको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार