प्रथम मेयर कप महिला फुटबलको उपधि मातृभूमि फर्मलाई (फोटो फिचर)

  सिलिचुङ समाचारदाता

भोजपुर । प्रथम मेयर कप महिला फूटवल प्रतियोगिताको उपधि मातृभूमि कृषि फर्मले जित हात पारेको छ । विहिबार सम्पन्न भएको खेलमा मातृभूमि कृषि फर्मले हतुवागढी गाउँपालिकालाई ४–० ले पराजित गर्दै जित हात पारेको हो ।
प्रथम हुने माृतभूमि कृषि फर्मले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र र दोस्रो हुने हतुवागढी गाउँपालिकाले ३० हजार ट्रफी मेडल र प्रमाण पत्र भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले वितरण गरेका थिए ।


त्यसैगरी सर्वाेत्कृष्ट खेलाडी कामना राई, वेष्ट किपर जिन राना मगर, वेष्ट डिफेन्स तारा राई, वेष्ट स्ट्राइगर अगति भूजेल बनेकी थिइन् भने म्यान अफ त म्याचमा कोपिला लिम्बुलाई घोषण गरियो थियो । प्रतियोगितामा ६ टिम महिला खेलाडीहरुको सहभागीता रहेको छ । खेल गत ११ गतेबाट सञ्चालन भएको थियो ।

 

 

  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार