नोबेलले सफलतापूर्वक गर्यो मुटुको शल्यक्रिया (भिडियोसहित)

  सिलिचुङ समाचारदाता

बिराटनगर । नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गरेको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर नोबेलमा मुटुको अप्रेशन थालिएको हो ।

सुरुवातमा तीन जना बिरामीको सफलतापूर्वक मुटुको शल्यक्रिया गरिएको नोबेल अस्पतालका निर्देशक एवं मुटु बिभाग प्रमुख डा.राजेश नेपालले जानकारी दिए । ‘पहिलो चरणमा तीन जनाको सफलतापूर्वक ओपन हार्ट सर्जरी गर्यौ ।’ डा.नेपालले भने ‘सवै जना निको भएर घर फर्किसक्नुभयो । अव नियमित सेवा सुरु गरेका छौ ।’ शरिरको महत्वपूर्ण अंग हो मुटु । त्यसैले मुटुको अप्रेशनलाई जटिल मानिन्छ । मुटुमा सामान्य समस्या हुँदा अन्य बिधिबाट उपचार गरिन्छ । तर, मुटुको गंभिर समस्या भएकाहरुलाई ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर मुटुको शल्यक्रिया गर्नुपर्छ । जन्मजात मुटुमा प्वाल परेका, मुटुको वाथ रोगले भल्व बिग्रिएका, मुटुको नसा अवरुद्ध भएका, एन्जियोप्लाष्टि गर्न नमिल्ने लगायत बिरामीलाई ओपन हार्ट सर्जरी गर्नुपर्ने नोबेलका डा.प्रमान शर्माले बताए ।

जटिल शल्यक्रिया भएकाले नेपालका केहि अस्पतालमा मात्र ओपन हार्ट सर्जरी हुने ग

रेको छ । नोबेलले मुटुको शल्यक्रिया थालेपछि पूर्वी नेपालका बिरामीहरु बढी लाभान्वित भएका छन् । नोबेलमा ओपन हार्ट सर्जरी गराएकी मोरङ केरावारीकी सिर्जना घिमिरेले आफ्नै जिल्लामा जटिल अप्रेशन गराउँन पाउँदा ९ बर्षदेखिको पीडाबाट मुक्ती मिलेको भन्दै खुशी व्यक्त गरिन् ।

यता, झापा मेचिनगरकी ६४ बर्षीया घाँसीमाया घिमिरेको मुटुको सफल शल्यक्रियापछि उनका भाई तुलसी थापाले पनि धेरै सहज भएको प्रतिक्रिया दिए । ‘पहिले काठमाण्डौ, भारत लगायत टाढा–टाढा जानुपथ्यो, अहिले आफ्नै ठाउँमा यस्तो मेजर अप्रेशन हुँदा धेरै सजिलो भयो ।’ उनले भने । नोबेललाई ओपन हार्ट सर्जरीमा गंगालाल अस्पतालले प्राबिधिक सहयोग गर्ने गरेको छ ।

२०७२ सालबाट क्याथल्याव सञ्चालन गरी मुटु रोगको स्तरीय उपचार थालेको नोबेलले यसअघि मुटुको चाल गढबढी सम्बन्धि उपचारका लागि मोफसलमै पहिलो पटक ईपी ल्याव सञ्चालन गर्यो । मुटु रोगको गुणस्तरीय उपचारका लागि नोबेलले जटिल एन्जियोप्लाष्टिमा प्रयोग हुँने अत्याधुनिक थ्रीडी ओसिटी मेसिन नेपालमै पहिलो पटक प्रयोगमा ल्याएको छ ।

सुरुदेखिनै मुटुको ईसीजी, टिएमटी, होल्टर, ईको लगायत सेवा प्रदान गर्दै आएको नोबेलले सेवा बिस्तार गर्दै एन्जियोग्राफी, एन्जियोप्लाष्टि, पेसमेकर लगायत सेवा प्रदान गर्दै आएको छ । ओपन हार्ट सर्जरी सुरु भएपछि अव मुटु रोगको सवै किसिमका उपचारमा नोबेल सक्षम भएको अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ । न्यूरो र कार्डियो सेवालाई प्राथमिकता दिएको नोबेलले सवै किसिमको उपचारमा अत्याधुनिक उपकरण र बिशेषज्ञ डाक्टरको व्यवस्थापन मिलाएर स्तरीय उपचारका क्षेत्रमा फड्को मार्दै गएको छ ।

भिडियाे सहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार