मदन भण्डारी स्पोट्स एकाडेमी सुनसरीले १ लाखराशीको फुटसल प्रतियोगिता गर्दै

  सिलिचुङ समाचारदाता

इटहरी । मदन भण्डारी स्पोर्टस एकेडेमी सुनसरीले प्रदेश १ कै सर्वाधिक राशी रहेको प्रदेश नं. १ स्तरीय नकआउट फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।


बुधबार इटहरीमा पत्रकार सम्मेलन गर्दै मदन भण्डारी स्पोर्टस एकेडेमी सुनसरीका अध्यक्ष होमनाथ धमलाले गत भदौ ५ गते सुनसरीमा पहिलोपटक गठन भएको मदन भण्डारी स्पोर्टसले पहिलोपटक फुटसल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रदेश १ का १४ वटा जिल्लाका ४० वटा भन्दा बढी टिम सहभागी हुने अनुमान गरिएको छ । हामीले प्रदेश १ भरी ५० वटा टिमलाई पत्राचार गरेका छौँ, धमलाले पत्रकार सम्मेलनमा भने, पछिल्लो समय युवाहरुमाझ फुटसल लोकप्रिय रहेकाले यसलाई अझै विस्तार गर्नका लागि यो कार्यक्रमको आयोजना गरेका हौँ । उनका अनुसार खेलमा सहभागी हुने टिमले नगद ५ हजार रुपैँया तिरेर इन्ट्रि गर्नुपर्ने बताए । मदन भण्डारी स्पोर्टस एकेडेमीका सदस्य तथा प्रेस संयोजक प्रकाश तिम्सिनाका अनुसार खेलको बिजेता टिमले नगद १ लाख १ हजार सहित ट्रफि पाउँनेछ भने उपविजेता टिमले नगद ५१ ह्जारमा चित्त बुझाउँनेछ ।
अनुमानित ५ लाखको लागतमा सम्पन्न हुन लागेको प्रतियोगिता असोज १० र ११ गते इटहरी ५ मा रहेको पाथिभरा फुटसल प्रा. लि मा खेल हुनेछ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्धघाटन गर्ने प्रतियोगिता भव्य बनाउँन आफूँहरु जुटेको पत्रकार सम्मेलनमा बताईयो । प्रत्येक जिल्लामा १ सय बढी खेलाडी उत्पादन गर्नका लागि अहिले प्रशिक्षण दिईँदै आएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार