
भोजपुर । षडानन्द नगरपालिका केउरेनीपानी मथेटारकी अञ्जना कुमाल विहान ८ बजे नै अरुण नदिको लम्छुवाघाट किनारमा पुग्छिन् । स्कूल पोसाकमा निकैबेर कुरेपछि एउटा नाउँ आईपुग्छ । सोहि नाउँबाट नदि तरेपछि मात्रै विद्यालय पुग्छिन् । तुम्लिङटारको मनकामना रत्न अम्बिका मावि कक्षा ८ मा पढ्ने उनी नाउँ ढिला आईदिनाले कहिलेकाही स्कूल नै छुट्छ । हिउँदभन्दा बर्षायाममा नदिको सतह बढ्नाले जोखिम र समस्या थपिन्छ । अञ्जना जस्तै लम्छुवाघाट बस्तीका बालबालिकाको नाउँ तरेर विद्यालय जानु बाध्यता र दैनिकी हो ।
“२०६७ मा तात्कालिन उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारबाट शिलान्यास गरिएको उक्त लम्छुवाघाटको पुल ठेकेदार र ठेकेदार कम्पनीको लापारबाहिले अलपत्र बन्दा षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका लगायत उत्तरी भेगका ७० हजार बढि सर्वसाधारणहरु कष्टकर यात्रा गरेर खाँदबारी आउजाउ गर्ने गर्छन्”
‘विहानै हतारहतार स्कूल जान तयार हुनुपर्छ, किनारमा नाउँ आएको हुँदैन, पर्खनैप¥यो, धेरैजसो ढिला हुन्छ, समयमा पुगिन्न, स्कूल पनि छुट्ट’ अञ्जनाले सुनाईन्, ‘नाउँ तर्दा अप्ठ्यारो तरिकाले सर्तक बस्नुपर्छ, नत्र नदिमा खसिएला कि भन्ने डर’ हिउँदयाम होस् या वर्षात, जिल्लाको उत्तरी भेगका सर्वसाधरणलाई अरुण नदि वारपार गर्न जोखिम र समस्या छ । नदि आसपासका स्कूले विद्यार्थीलाई बढि जोखिम मोल्नुपर्छ । वर्षायाममा नदिमा खसेर धेरै दुर्घटना हुने सम्भावनाले स्कूले बालबालिकालाई जोखिम धेरै हुन्छ ।
नदिमा पुल नहुँदा अत्यावश्यक सामानका लिन १५ किलोमिटर घुमाउरो बाटो र नाउँको भरमा नदि तर्नु यहाँको दैनिकी हो । २०६७ मा तात्कालिन उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारबाट शिलान्यास गरिएको उक्त लम्छुवाघाटको पुल ठेकेदार र ठेकेदार कम्पनीको लापारबाहिले अलपत्र बन्दा षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका लगायत उत्तरी भेगका ७० हजार बढि सर्वसाधारणहरु कष्टकर यात्रा गरेर खाँदबारी आउजाउ गर्ने गर्छन् ।
नदिमा पुल नहुँदा अत्यावश्यक सामानका लिन १५ किलोमिटर घुमाउरो बाटो र नाउँको भरमा नदि तर्नुपर्ने अर्का स्थानीय रुद्रबहादुर मगरले गुनासो सुनाए । ‘के गर्नु खाउँ भने दिनभरको शिकार नखाउ भने कान्छा बाउको अनुहार भने झैँ घरको नुनभुटुन लिन पनि खाँदबारी नै तर्नुपर्छ’ उनले भने ।
मुख्य विकासको ढोका मानिएको खाँदबारी जोड्ने सोहि लम्छुवाघाटको पुल विस्तारमा सरोकारवाला निकायको पनि चासो छैन । षडानन्द नगरपालिकाका मेयर विरबल राईले पुल निमार्णका लागि संघिय र प्रदेश सरकारसंग पहल भईरहेको बताए । उनले भने, ‘हाम्रो क्षेत्रको विकासे मुल ढोका भएकाले पुल निर्माणका लागि हामीले पहल गरिरहेका छौँ, सम्भवतः यसैवर्ष पुलको काम सुरु हुनेछ’ पुलको विकल्पमा षडानन्द नगरपालिकाको केहि किलोमिटर दुरीमा मोटरेबल फेरी सञ्चालनमा ल्याईएको छ ।
पुनः डिजाईनपछि पनि बनेन पुल
२०६७ साल असार २५ मा ३ वर्षभित्र काम सक्ने स्वच्छन्द निर्माण कम्पनीको सम्झौता थियो । पछि पिलर राख्न खाल्डो खन्ने क्रममा चट्टान भेटिएको भन्दै ठेकेदारले काम अलपत्र पारेपछि पुलको काम ठप्प भएको थियो । पुनःडिजाईन अनुसार पुलमा ४ वटा पायर (पिलर) १६ मिटर गहिराईसम्म गाडीनुपर्ने प्रावधान भएपनि ३ बर्ष अघि विचैमा काम छाडेर ठेकेदार हिँडेपछि पुल निर्माण अलपत्र बनेको थियो । पछि २०७२ असोजमा निर्माण सम्पन्न हुनुपर्ने एक सय ६७ मिटर लामो पुलमा ६ वटा पिल्लर उठाउने काम मात्रै भयो । सडक विभागको वेवास्ता र ठेकेदारको लापारबाहीले निर्माण कार्य पुनः रोकियो ।
मुख्य विकासको ढोका मानिएको लम्छुवाघाटको पुल विस्तारमा भने सरोकारवाला निकायले भने चासो दिएका छैनन् । उक्त पुलको पुनः डिजाईनपछि निर्माण खर्च समेत १६ करोड ६३ लाख पुगेको छ । उक्त पुलको थप डिजाईनपछि पुलको लम्बाई २ सय ४७ मिटरको पुल बन्ने भएपनि थप ९० मिटरको ठेक्का लाग्न बाँकी रहेको सडक डिभिजन कार्यालय तुम्लिङ्टारले जनाएको छ ।








