बाढिले बगाउने विकासे पुल, कमसलमै टालटुल

  अर्जुन अपहेलित राई

बाढीले पुलको ग्याबिन पिलर भत्काएपछि उत्तरी इर्खुवा खोलाको पुलमा वैकल्पिक आउजाउका लागि डण्डी र जाली विछ्याएर बनाईएको फड्के । तश्विर सौजन्यः सुजन भुजेल

 

भोजपुर । एकसाता अघि मात्रै ईर्खुवा खोलाको कन्क्रिट पुलको पर्खाल बाढीले बगायो । ठेकेदार कम्पनीको लापारबाहिका कारण षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकामा जोड्ने पुलको मेसिनरी ग्याबीन(पर्खाल) भत्किएपछि यातायात ठप्प बनेको छ । स्थानीय बासिन्दालाई जोखिम मोलेरै उपभोगीय सामान ओसारपसार गर्नुपरेको छ । ०७५ सालमा बनेको उक्त पुल ठेकेदार कम्पनीको कमसल गुणस्तरका कारण बाढिले ग्याबिन भत्काएको स्थानीय जनक योगीले बताए । उक्त पुलको आयू ५ वर्ष रहने मापदण्ड भएपनि बनेको २ वर्ष नवित्दै भत्किएको छ । ५ वर्षअघि हरि राउतको हरिहर निर्माण कम्पनीले ४ करोड लागतमा पुल बनाउने ठेक्का पाएको थियो ।

पुल डिजाइनमा त्रुटि, निर्माणमा प्रयोग हुने कमजोर प्रविधि, ठेक्काको आकार घटाउनुपर्ने खरिद ऐन, कमिसन बचाउने प्रवृतिले वर्षेनी विकासे पुलको दुर्दशा बढेको छ । ठेकेदार कम्पनीले कमिसन, फाईदा निकाल्ने क्रममा डिजाइन अनुरुपकै काम र तोकिएको मापदण्ड अनुसारका निर्माण सामग्री प्रयोग नगर्दा कयौँ विकासे पुलहरु अलपत्र बन्ने गरेका छन् ।

यस्तै संखुवासभा जोड्ने लम्छुवाघाटको पुल पनि विगत १० वर्षदेखि अलपत्र छ । २०६७ असार २५ मा ३ वर्षभित्र काम सक्ने ठेक्का पाएको स्वच्छन्द निर्माण कम्पनीले पिलर राख्ने स्थानमा चट्टान भेटिएको भन्दै काम अलपत्र पारेको थियो । पुनःडिजाईन अनुसार पुलमा ४ वटा पिलर १६ मिटर गहिराईसम्म गाडीनुपर्ने प्रावधान भएपनि ठेकेदार विचैमा काम अलपत्र पारेर हिँडेपछि पुलको काम बन्द भएको थियो । पछि समय थपेर २०७२ असोजभित्र काम सक्ने भनिएपनि ६ वटा पिल्लर उठाउने मात्रै काम भयो । थप पुनः डिजाईनपछि पुलको निर्माण खर्च १६ करोड ६३ लाख पु¥याईयो । तर पनि ठेकेदार, ठेकेदार कम्पनीको लापारबाहि र सडक विभागको वेवास्ताले निर्माण कार्य ठप्पै भयो । थपिएको डिजाईनपछि पुलको लम्बाई २ सय ४७ मिटरको भएपनि थप ९० मिटरको ठेक्का लाग्न बाँकी रहेको सडक डिभिजन कार्यालय तुम्लिङ्टारले बताएको छ । पुल नहुँदा षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिकाका ७० हजार बढि सर्वसाधारण प्रभावित छन् ।
ठेकेदार र ठेकेदार कम्पनीको चरम लापारबाहीका कारण अधिकांश पुलहरु ढलान सकिएको केहि समय नवित्दै क्षतिग्रस्त हुने क्रम बढेको छ । पुल डिजाइनमा त्रुटि, निर्माणमा प्रयोग हुने कमजोर प्रविधि, ठेक्काको आकार घटाउनुपर्ने खरिद ऐन, कमिसन बचाउने प्रवृतिले वर्षेनी विकासे पुलको दुर्दशा बढेको छ । ठेकेदार कम्पनीले कमिसन, फाईदा निकाल्ने क्रममा डिजाइन अनुरुपकै काम र तोकिएको मापदण्ड अनुसारका निर्माण सामग्री प्रयोग नगर्दा कयौँ विकासे पुलहरु अलपत्र बन्ने गरेका छन् ।
कमसल गुणस्तरका कन्क्रिट, मोटरेबल, झोलुंगे पुलहरु भत्किएपनि छानबिनका लागि कुनै ठोस नीति नबनेको सरोकारवालाहरुको बुझाई छ । ठेकेदार र ठेकेदार कम्पनीको लापारबाहीले ती विकासे पुलहरुको दुर्गतिबाट नागरिकले चरम सास्ती भोग्नुपरेको स्थानीय अगुवा नविन प्रधान सुनाउँछन् । ‘ठेकेदारलाई कमिसनका लागि गुणस्तरहिन काम सक्न हतारो हुन्छ, अनि कहाँबाट दिगो काम होस् त’ उनले थपे, ‘कमिसनका लागि नेतादेखि कर्मचारीसम्म योजना ठेक्कादेखि नै सेटिङ चल्छ, अनि त नामको मात्रैको विकासे पुल आउँछ, जुन वर्षातको बाढिले लैजान्छ, हामी नागरिकको सास्ती जस्ताको तस्तै’ प्राविधिक चुस्त अध्ययन, अनुगमनका कार्यान्वयन फितलो बन्दा व्यथिती बढेको उनले बताए ।
भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिकाका दर्जनौ खोलानदिमा पक्कि पुल र झोलुङ्गे पुल नहुँदा सर्वसाधरणलाई जोखिम छ । धेरैजसो स्थानमा फड्केपुल तर्नुपर्छ । साल्पासिलिछो गाउँपालिका दोभाने फेदिका दिक्पाल राईले भने, ‘भरासिलो पक्रिने कतै हुन्न, हिँड्दाहिँड्दै खुट्टा चिप्लिन्छ, बानी नहुनेलाई त शरिर असन्तुलन भएर खोलामा खस्ने गर्छन्, ज्यान पनि जाने गर्छ’
ठेकेदार र ठेकेदार कम्पनीले कर्मचारीदेखि नेतासम्म पु¥याउने कमिसन र भागबण्डाका कारण वर्षेनी कमसल गुणस्तरका पुल बन्ने क्रमले विपद् खेप्नुपरेको अर्का स्थानीय अगुवा फविन्द्र प्रधान औँल्याउँछन् । ठेक्का लगाउने समयदेखि नै ठेकेदार, कर्मचारी र नेताको मिलेमतोमा बन्ने अल्पकालिन विकासे पुलहरु क्षतग्रस्त बन्ने क्रम नरोकिएको उनले बताए ।
दिर्घकालिन पुलको निकास नहुँदा दक्षिणी क्षेत्रमा पनि मानवीय सास्ती उस्तै छ । हतुवागढी गाउँपालिका ९, हसनपुरको चुहार र उदयपुरको बेलका नगरपालिका ७, मैनामैनी जोड्ने दुधकोशी नदिमा पक्कि पुल नहुँदा वर्षौदेखि सर्वसाधरण नाउँबाट यात्रा गर्नुपर्ने स्थिती छ । गतवर्ष मात्रै प्रदेश १ सरकारको २१ करोड २३ लाख १२ हजार ४ सय ७ रुपैयाँको लागतमा उक्त नदिमा पुलको काम थालिएको छ । तीनपटक बोलपत्र खुलाईएपनि कुनै पनि बोलपत्र नआउँदा काम थालनीमा ढिलाई भएको बताईएको छ । पुलको काम सम्पन्न हुनेवितिक्कै तराईको दुरी छोट्टिने हुँदा आर्थिक विकासमा टेवा पुग्नेमा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई विश्वस्त रहेको बताउँछन् ।
यस्तै भोजपुर सदरमुकाम र रामप्रसाद राई गाउँपालिका जोड्ने घोरेटार सडकखण्ड अन्तर्गत मानेभञ्ज्याङ टक्सार पिखुवा खोला मोटरेबल पुल निर्माणाधिन अवस्थामा छ । प्रदेश १ सरकारको ६ करोडको लागतमा निर्माणाधिन पुलको काम २०७८ साल चैत मशान्तसम्म सक्ने प्राविधिक लक्ष्य छ । यता रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिका जोड्ने कावा खोलाको मोटरेबल पुल निर्माण कामले पनि गती पाएको छ । भोजपुर मानेभज्याङ रानीबास घोडेटार सडकखण्ड अन्तर्गत पर्ने उक्त पुल निर्माणमा स्वीस सरकारको ५ करोड अनुदान लागत छ ।
स्थानीय सडक तथा पुल कार्यक्रम प्रदेश १ का संयोजक मङ्केश्वर ठाकुरका अनुसार १ दशमलव २० मिटर दुवैतिर पैदल हिंड्न मिल्नेगरि कार्की बन्धु कन्ट्रक्शन विराटनगरले काम गरिरहेको छ । पुलको सिभिलतर्फ २ करोड ३ लाख २४ हजार ३ सय ७१ रकम विनियोजित छ । पुलमा ट्रस जडान भने अर्को कम्पनीले गर्ने पुर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । यसबाहेक हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका, रामप्रसादराई गाउँपालिका क्षेत्रमा पनि चालू आर्थिकवर्षमा साना तथा ठुला योजनाका पुलहरुको काम चलिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार