भोजपुर । भोजपुर नगरपालिकामा सत्तागठबन्धन दल नेपाली कांग्रेस विजयी भएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कैलाशकुमार आले पुनः दोश्रो कार्यकालका लागि चुनिएका हुन् ।
आलेले उनका निकटत्तम प्रतिद्धन्दी नेकपा एमालेका भरत कुमार तामाङलाई ५ सय १५ मतले पछि पार्दै विजयी बनेका थिए । आलेले कुल ५ हजार ६ सय १५ ल्याउँदा तामाङले कुल ५ हजार एकसय मत प्राप्त गरे ।
त्यस्तै उपप्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी ममिता राईलाई ३ सय ६७ मतान्तरले हराउँदै नेकपा एमालेकी निर्मला शेर्पा निर्वाचित भएकी छन् । शेर्पाले कुल ५ हजार पाँचसय मत प्राप्त गर्दा राईले कुल ५ हजार एकसय ३३ मत ल्याईन् ।
१२ वडा रहेको भोजपुर नगरपालिकामा गठबन्धन दल नेपाली कांग्रेसले ८, नेकपा एमालेले ३ र गठबन्धन दल माओवादी केन्द्रले एउटा वडा जितेको छ । भोजपुर नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीविच गठबन्धन भएको थियो ।








