नगरपालिकाद्वारा ५ दिने कस्टोमाइज तालिम सञ्चालित

  सिलिचुङ सम्बाददाता

भोजपुर । भोजपुर नगरपालिकाले नगर क्षेत्रका ४३ वटा सामुदायिक विद्यालयका प्राथमिक शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टोमाइज तालिम सञ्चालन गरेको छ ।
स्थानीय पाठ्यक्रम कार्यान्वयन र शिक्षकको पेसागत क्षमता वृद्धिगरी अध्ययन अध्यापनमा सहजीकरण गर्न तालिम आयोजना गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पदम प्रधानले जानकारी दिए ।
तालिमको बिहिवार उद्घाटन गर्नु हुँदै भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले तालिममा सिकेको ज्ञान सिपलाई कक्षाकोठामा बालबालिकाको पठनपाठनमा उपयोग गर्नुका साथै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, नतिजा सुधार, प्रतिस्पर्धी विद्यार्थी उत्पादनमा प्रयोग गर्न आग्रह गरे ।
भोजपुर नगरपालिका शिक्षा शाखाको आयोजनामा जेठ ८ देखि १२ गतेसम्म सञ्चालित ५ दिने तालिममा नगरपालिका भरिका प्राथमिक तहका ४७ जना शिक्षकहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई विष्णुकुमार राई, हेम बहादुर राई, रबिन्द्र केसी र लक्ष्मण जोशीले सहजीकरण गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार