
एनआईसी एसिया बैंक लिमिटेड भोजपुर शाखाले गरेको डस्टविन हस्तान्तरण कार्यक्रम । तश्विर सौजन्यः विमल रणपहेँली
भोजपुर । नगर सफा राख्ने अभियान अन्र्तगत एनआईसी एसिया बैंक लिमिटेड भोजपुर शाखाले सहयोग सामाग्री प्रदान गरेको छ । शाखाले नगर सरसफाईका लागि भोजपुर सदरमुकामस्थित डाँडागाउँ टोल सुधार समितिलाई डस्टविन सहयोग गरेको हो ।
आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत शनिबार शाखाले उक्त टोल सुधार समितिलाई ४ थान डस्टविन हस्तान्तरण गरेको हो । बढ्दो शहरीकरणसंगै सार्वजनिक स्थानमा बढेको प्रदुषण र फोहोरमैला व्यवस्थापनमा सहयोग मिलोस् भन्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको शाखा प्रमुख सुजन कार्कीले बताए । यसका साथै शाखाले उक्त डस्टविन हस्तान्तरण कार्यक्रममा मास्क तथा पञ्जा पनि वितरण गरेको थियो ।








