
काठमाडौ् । बिहेको दिनको युगल तस्वीर सबैका लागि निकै विशेष हुन्छ । बेहुला बेहुलीले एक अर्काको हात समाएर, अँगालो हालेर, बोकेर आदि अनेक बान्कीमा वेडिङ फोटोशूट गराउँदछन् । तर एकजना अमेरिकी बेहुलीले भने आफ्नो पाल्तू कुकुरसँग बिहेको फोटो शूट गराएपछि चर्चा कमाएकी छिन् ।
घरको कुकुरसँग वेडिङ फोटोशूट गराउने ती युवतीको नाम हाना किम हो । हालै किमले आफ्नो पूरानो साथी जेरार्ड ब्रिकम्यानसँग बिहे गरेकी छिन् । तर आफ्नो प्रेमीसँगको बिहे समारोहमा उनले सबैभन्दा पहिलो तस्वीर आफ्नो कुकुरसँग खिचाएर सार्वजनिक गरेकी हुन् ।












