प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कहिले विवाह गर्लान धेरैले चासो राख्ने विषय हो । सञ्चारमाध्यमले पनि उनीसँग लिने गरेका अन्तर्वार्तामा यो प्रश्न प्राय छुट्दैन थियो । अब केही दिनमै मुख्यमन्त्री राई यो प्रश्नबाट छुट्करा पाउँदैछन् । उनको विवाहको लगन माघ ११ गते जुरेको छ । काठमाडौंमा उनले माघ ११ गते शेर्पा थरकी युवत...

