पछिल्लो नेपाली राजनीतिक परिवेशलाई हेर्दा राजनीतिक दलले सत्ता र चुनावको नाममा गठबन्धनको लहर ल्याएको छ । जसले नेतृत्व भुमिकामा भागबन्डा गर्दा महिलालाई मुख्य जिम्मेवार पदमा लैजान सक्ने सम्भावना कम गरेको छ । या भनौ गठबन्धनबाट प्रमुख पदबाट महिलाहरुलाई पन्छ्याईएको छ । संविधानले आरक्षणको रुपमा राखेको व्य...

