नवनिर्मित आँखा अस्पतालको उद्घाटन (फाेटाेफिचर)

  सिलिचुङ सम्बाददाता

भोजपुर । जापानी सरकारको आर्थिक सहयोगमा नेपाल नेत्र ज्योती संघ र भोजपुर सामुदायिक विकास केन्द्रको सहकार्यमा एक करोड २० लाखको लागतमा निर्मित भोजपुर आँखा अस्पतालको भवन सञ्चालनमा ल्याईएको छ ।
बिहीबार नेपालका लागि भूपू जापानी राजदुत मासाशी ओगावा तथा नेपाल नेत्रज्योती संघका अध्यक्ष प्राध्यापक डा. तीर्थप्रसाद मिश्रद्धारा संयुक्त रुपमा अस्पताल भवनको उद्घाटन गरिएको थियो । अब अस्पताल भवन सञ्चालनमा आएसंगै जिल्लाभित्र र संखुवासभा, खोटाङका विरामीलाई सहज हुने भएको छ । २०७२ साल कार्तिक ८ गते राजदूत ओगावाकै उपस्थितीमा शिलान्यास गरिएको अस्पताल भवनको नेत्र ज्योति संघ भोजपुरका अध्यक्ष तेज मोक्तानको अगुवाइमा निर्माण काम सुरु गरिएको थियो ।


भोजपुर सामुदायिक विकास केन्द्रका संरक्षक भीम उदासले जापानी राजदूताबासबाट जापानिज ग्राण्ड एसिस्टेन्स फर ग्रासरुट्स ह्यूमन सेक्यूरिटी प्रोजेक्ट (जिजिपी) अन्तर्गत अस्पताल निर्माणका लागि सहयोगसम्बन्धी सम्झौतापत्रमा २०७२ फागुन ७ गते राजदूत ओगावा तथा अध्यक्ष प्रा.डा. मिश्रको स्विकृती हस्ताक्षरित सम्झौतामार्फत जापानी सरकारको कुल एक करोड जापानी येन (९६ लाख ३१ हजार आठ सय आठ नेपाली रुपैँया) र विभिन्न संघसंस्था, स्थानियबासीको संयुक्त लगानीले भवन निर्माण सम्पन्न गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार