दिङ्गला । भोजपुरको उत्तरी व्यापारिक केन्द्र दिङ्गलामा यामाहा बाईकको शोरुम उद्घाटन गरिएको छ । विश्वकर्मा पुजाको अवसर पारेर यामाहा मोटरसाईकलको आधिकारिक विक्रेता ईश्वर ईन्टरप्राईजेजको शाखा उद्घाटन गरिएको शोरुमका संचालक विज्ञान थापाले जानकारी दिए ।
सोरुममा यामाहा बाईकका सवै मोडलका बाईक र स्कुटर साथै स्पेयर पार्टस राखिएको छ । कम्पनीले दशैं तिहार अफर अन्तर्गत कम्पनीका कुनै पनि बाईक तथा स्कुटर खरिद गर्दा ७ हजार देखि १ लाख सम्म हात खाली नजाने स्क्र्याच कुपनको व्यवस्था साथै लक्की ड्र मार्फत प्रत्येक हप्ता एउटा ३२० सीसी आर थ्री बाईक एक जनालाई प्रदान गर्ने जनाएको छ । १२५ सेलुटो र स्कुटरमा दशै तिहार अफर अन्तर्गत २५ प्रतिशत अग्रिम भुक्तनिमा १६ प्रतिशत ब्याजदरमा फाईनान्सको सुविधा रहेको पनि सोरुमका संचालक थापाले जानकारी दिए ।
कम्पनीका नयाँ मोडलका एक्स टी टु डट बाईक १२५ सीसी र एफ जेड २५ २५० सीसी पनि चाँडै सोरुममा उपलव्ध हुने जनाएको छ । सोरुमले सेल्स, स्पेयर पार्टसका सार्थ सर्भि्सिङ्गको पनि सेवा दिने वताएको छ । यो दिङ्गलाको पहिलो मोटर साईकल सोरुम हो ।