पोल्याण्डमा मिरा राईको बायोपिक फिल्मलाई उत्कृष्ट अवार्ड

  सिलिचुङ सम्वाददाता

 

काठमाडौं । अल्ट्रा धाविका मिरा राईको जीवनमा आधारित बायोपिक फिल्म ‘मिरा’ले उत्कृष्ट अवार्ड हात पारेको छ । फिल्मलाई पोल्याडमा ठुलो पर्दामा प्रदर्शन गर्दै उत्कृष्ट घोषणा गरिएको थियो । पोल्याण्डको लोकप्रिय अवार्ड ‘लाडेक माउन्टेन फिल्म फेस्टिबल’मा नेपाली मूलकी विश्व प्रसिद्ध धाविका राईको बायोपिक फिल्मले अवार्ड हात पारेको हो ।

राईको बायोपिक फिल्म मिराले गत सेप्टेम्बर २ देखि २३ सम्म सञ्चालन भएको कार्यक्रममा माउन्टेन स्पोर्टसमा उत्कृष्ट साबित भई पुरस्कृत भएको हो । राईले जीवनमा गरेको संघर्षलाई फोटोग्राफर लोयद बेल्चरले बनाएका हुन् । बेल्चर हङकङका फोटोग्राफर हुन् ।

फिल्म जम्मा ४२ मिनेटको रहेको छ । उक्त फिल्मलाई नेपाली, अंग्रेजी र चिनियाँ भाषामा सबटाइटल समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार