
भोजपुर । नेपाल पत्रकार महासंघ भोजपुरको छैठौँ साधारण सभा सम्पन्न भएको छ । टेम्के मैयुङ गाउँपालिका छिनामखुस्थित पर्यटकिय गन्तव्यको रुपमा स्थापित गोठेसिं होमस्टेमा सम्पन्न सभाको औपचारिक कार्यक्रम सम्पन्न गरिएको हो ।
सभाले विगत लामो समयदेखि भोजपुरको पत्रकारिता क्षेत्रमा जिल्लाको जनसरोकारका विषयमा पु¥याएको योगदानको कदर गर्र्दै महासंघले सिलिचुङ साप्ताहिक पत्रिकाका प्रधान सम्पादक किरण राई र दि हिमालयन टाईम्स, रेडियो नेपालका भोजपुर सम्बाददाता निरोज कोईरालाई पुरस्कृत गरेको छ । ०७० सालमा स्थापित श्रेष्ठ मनमाया अमर पत्रकारिता अक्षयकोषबाट बार्षिक रुपमा प्रदान गरिने पुरस्कार गतवर्ष विविध प्रविधिक कारणबस रोकिएपछि यो वर्ष दुई पत्रकारलाई पुरस्कृत गरिएको महासंघ भोजपुर शाखाका सचिव बुद्ध प्रसाद तामाङले जानकारी दिए ।
महासंघको साधारण सभामा अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य उद्धव तिम्सिना, टेम्के मैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राई, नेपाल पत्रकार महासंघ भोजपुरका अध्यक्ष श्यामकृष्ण दाहाल, टेम्के मैयुङ गाउँपालिका अन्नपूर्णका वडाध्यक्ष पूर्ण राई, उद्योग वाणिज्य महासंघ भोजपुरका महासचिव नविन प्रधान, हिहल्र्ड नेपालका अध्यक्ष एवम् सिलिचुङ साप्ताहिक पत्रिकाका प्रकाशक शरण राई, नेपाल तरुण दलका युवानेता सरोज बस्नेत, सोडा प्रतिनिधी शम्भु वालाहाङ राई लगायत जिल्लास्थित क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।