सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता देवेन्द्र पौडेलले सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने जिकिर गरेका छन् ।
बुटवलमा भएको एउटा साक्षात्कारमा उनले सरकारको काम प्रभावकारी देखिन नसकेको भन्दै मन्त्री पनि तत्काल परिवर्तन हुनुपर्ने बताए ।
सरकारको नेतृत्व ५ बुँदे सहमतिका आधारमा फेरिने र त्यो बेला आइनसकेको बताएका उनले मन्त्री तत्काल फेर्नुपर्ने बताए ।
निर्मला पन्त प्रकरणलगायतका विभिन्न विषयमा मन्त्रालयका काम प्रशंशायोग्य भन्दा आलोचना धेरै भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री फेर्नेबारे सोच्नुपर्ने बताए ।