भोजपुरमा भलिवल हेरेर फर्कदै गरे कि महिलाको हत्या, एक घाइते

  सिलिचुङ समाचारदाता

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा एक महिलाको हत्या भएको छ । उनिसंगै रहेकी अर्का एक गम्भिर घाइते भएकी छिन । षडानन्द नगरपालिका–१ नेपालेडाँडामा भएको भलिवल प्रतियोगिता हेरेर घर फर्किदै गर्दा वडा नम्वर–३ की २८ वर्षिया कल्पना राईको हत्या भएको हो । उनिहरु शनिवार साँझ षडानन्द नगरपालिकाको वडा नम्वर २ र ३ को सिमानामा पर्ने ओपंखा भन्ने ठाँउमा धारिलो हतियार प्रयोग गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुर जनाएको छ ।
भलिवल प्रतियोगिता हेरेर फर्किदै गरेका मृतक कल्पना राई र घाईते १८ बर्षिया नविना राईमाथि अज्ञात व्यक्तिले अन्धाधुन्ध धारिलो हतियार प्रयोग भएको थियो । मृतक कल्पनाको शरिरको विभिन्न भागमा चोट लागेर घट्नास्थलमै मृत्यु भएको थियो भने घाईते नविनाको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ ।
घट्नामा संग्लग्न भएको अभियोगमा प्रहरीले हत्या अभियोगमा षडानन्द नगरपालिका ३ का २१ वर्षिय प्रदिप बस्नेतलाई प्रहरीले प्रक्राउ गरेको छ । उनलाई प्रक्राउ गरि भोजपुर ल्याउने काम भैरहेको आइपुगेपछि थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरवहादुर सलामी मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार